बिहीबार, बैशाख ११,२०८२ 07:05:06
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 07:05:06
IME remit
Global IME Bank Limited

अनन्त अम्बानीको विवाहको खर्च बेलायतका राजाको भन्दा धेरै, यति धेरै चर्चा हुनुमा कसको हात ?

Hyundai Nepal
अनन्त अम्बानीको विवाहको खर्च बेलायतका राजाको भन्दा धेरै, यति धेरै चर्चा हुनुमा कसको हात ?
Nabil Bank Limited

काठमाण्डौ । मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाह धुमधामका साथ सम्पन्न भएको छ । यो विवाह समारोहले विश्वभरको ध्यान तानेको थियो । ३ दिनसम्म चलेको यो विवाह समारोहमा विश्वभरका चर्चित हस्तीहरु सहभागी भएका थिए ।  

रिपोर्टका अनुसार यो विवाहमा कुल ५ हजार करोड भारु खर्च भएको छ । जुन बेलायतका राजा प्रिन्स चाल्स र रानी डायनाको विवाहको खर्चभन्दा बढी हो । अम्बानी परिवारको नयाँ सदस्य तथा अनन्त अम्बानीकी श्रीमती राधिका मर्चेन्टले यो विवाह समारोहको मास्टर माइन्ड तथा सीईओ आफुनी सासु अर्थात निता अम्बानी भएको बताएकि छिन् । उनले हालै दिएको अन्तर्वार्तामा निता अम्बानीको दुरदर्शी सोच र नेतृत्वका कारण नै विवाह समारोह उत्सवमा परिणत भएको बताएकि छन् । देश र विश्वभरका चर्चित हस्तिहरुलाई विवाहमा निम्त्याउने योजना निताकै थियो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

टाइम्स अफ इण्डियाका अनुसार अनन्तको विवाहको खर्च बेलायतका राजा चाल्र्स र डायनाको विवाहको भन्दा धेरै हो । चाल्र्सको विवाहमा १६.३ करोड डलर अर्थात आजको मूल्य १ हजार ३६१ करोड भारुबराबरको खर्च भएको थियो । तर अनन्तको विवाहमा भने ५ हजार करोड भारु खर्च भएको छ । यसमा प्रि–वेईडिङको खर्च समेत जोडिएको छ । रिपोर्टका अनुसार प्रि वेइडिङमा मात्रै ३० करोड डलर खर्च भएको छ ।  

यो विवाहमा अम्बानी परिवारका महिला सदस्यहरुले लगाएका गरगहनाको पनि निकै चर्चा भईरहेको छ । निता अम्बानीले लगाएको पन्ना जडित हारका मूल्य ४ देखि ५ सय कररोड भारु पर्ने उल्लेख गरिएको छ ।  -एजेन्सी

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.