बुधबार, श्रावण १३,२०८३ 03:52:19
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 03:52:19
Bizshala
Global IME Bank Limited

साउन ५ गते नेपालकै ठूलो साइकलजात्रा आयोजना हुने, ४ हजार जना सहभागी हुँदै

साउन ५ गते नेपालकै ठूलो साइकलजात्रा आयोजना हुने, ४ हजार जना सहभागी हुँदै
New Office

काठमाण्डौ । साउन ५ गते देशकै ठुलो साइकलजात्रा ‘कोरा २०२४’ को १४ औं संस्करण आयोजना हुने भएको छ । जहाँ करिब ४ हजार साइकलयात्रीले नेपालको १५ भन्दा बढी स्थानमा २ लाख किलोमिटर भन्दा बढी दुरी तय गर्नेछन् ।  

हरेक वर्ष जस्तै यो वर्ष पनि साइकलयात्रीहरुले सामाजिक कामको लागि रकम पनि संकलन गर्ने आयोजकले जनाएको छ । यो वर्ष संकलन गरिने रकम ललितपुरको गुन्सिङ्गालमा रहेको साइकलपम्प ट्रयाक जस्तै नेपालगंजमा रहेको पम्प ट्रयाक सुधार गर्न प्रयोग गरिनेछ ।  

सन् २०११ मा ३५ जनाबाट शुरु भएको काठमाण्डौ कोरा साइकलयात्रा हरेक वर्ष पाटनको मंगल बजारबाट सुरु भइ काठमाण्डौ उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमा अन्त्य हुने गर्छ । साइकलयात्रीहरुले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्नेछन् । हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिवार आयोजना हुने कोरामा यो वर्षको काठमाण्डौ कोरामा ललितपुर महानगरपालिका पनि सह–आयोजकको रुपमा सहभागी भएको छ ।  

ललितपुर महानगरपालिकाको मेयर चिरिबाबु महर्जन भन्छन् ‘ललितपुर स्मार्ट सिटि बन्न चाहन्छ र यसको लागि नगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाई साइकल संस्कृतिको विकास गर्न आवश्यक छ । हामीले ललितपुरमा साइकल प्रवर्धन गर्न साइकल लेन र साइकल स्टेन्ड बनाउने, र महिला साइकल यात्रीहरुलाई सहयोग गर्ने कामगरिरहेका छौं र ‘कोरा’ जस्ता स्थानीय प्रयासहरुसँंगको सहकार्यले यस अभियानलाई थप टेवा दिनेछ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.