काठमाण्डौ राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा मनिषा थापा मगर नियुक्त भएकि छन् । कम्पनीको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले मगरलाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई सोही दिनदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरिएको संस्थाले जनाएको छ । यस्तै उक्त बैठकले यसअघिका सञ्चालक राज भण्डारीले दिएको राजीनामा समेत स्वीकृत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।