IME remit
  • शुक्रबार, कार्तिक ३०,२०८१ 08:26:04
IME remit
Global IME Bank Limited

कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे साढे ६ करोड जरिवाना, क्लोजआउटबाट कसरी जोगिने ?

Hyundai Nepal
कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे साढे ६ करोड जरिवाना, क्लोजआउटबाट कसरी जोगिने ?
Nabil Bank Limited

काठमाण्डौ । आथिर्क वर्ष २०८०/८१ मा लगानीकर्ताहरले ६ करोड ६५ लाख २७ हजार रुपैयाँ क्लोजआउट बापत जरिवाना तिरेका छन् । सीडीएससीका अनुसार यो अवधिमा २९ लाख ७१ हजार ८९४ वटा क्लोजआउटका घटना भएका छन् । यो संख्या आव २०७९÷८० को तुलनामा ४०० प्रतिशतले बढी हो । आव २०७९÷८० मा ६ लाख २ हजार २३८ जना क्लोजआउटमा परेका थिए ।

आव २०७९/८० लगानीकर्ताले समयमै ईडीआईएस नगर्दा २० प्रतिशत जरिवना स्वरुप ४ करोड १७ हजार रुपैयाँ तिरेका थिए । यो रकमको २५ प्रतिशत आकस्मिक जरिवाना कोषमा जाने गर्छ भने बाँकी किन्ने लगानीकर्तालाई ब्रोकरहरुले दिने गर्छन् ।  

सीडीएससीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा क्लोजआउट बापत लगानीकर्ताहरुले १५ करोड ३४ लाख रुपैयाँ बढी तिरेका थिए । यस्तै आर्थिक वर्ष २०७८/७९ मा भने क्लोजआउट बापत ९ करोड ७८ लाख ९४ हजार रुपैयाँबराबरको रकम लगानीकर्ताले जरिवना स्वरुप तिरेका थिए ।  

आर्थिक वर्ष २०७९/८० मा भने लगानीकर्ताले तिर्ने क्लोजआउट बापत जरिवना आधाभन्दा बढीले घटेको सीडीएससीको तथ्यांकले देखाउँछ ।  

Bizshala
Shivam Cement
CG Motors

विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन् । सेयर बेचेको २४ घन्टाभित्र अनिवार्य रुपमा ‘मेरो सेयर’मा गएर ईडीआईएस गर्नुपर्छ । तर, धेरै नयाँ लगानीकर्तालाई अहिले पनि सेयर बेचेपछि आफ्नो काम सकिएको र ‘मेरो सेयर’मा गएर अनिवार्य रुपमा ईडीआएस गर्नुपर्छ भन्ने थाहा नभएको पाइन्छ ।  

त्यसैले ‘मेरो सेयर’ आफ्नो सेयर फ्री रहेको छ वा छैन भन्ने यकिन गर्न पनि लगानीकर्ताहरु चुक्ने गरेका छन्। जसका कारण सेयर हस्तान्तरण नहुँदा लगानीकर्ताहरु क्लोजआउटमा पर्ने गरेका छन् ।

अहिले बजार पूर्ण रुपमा प्रविधिमैत्री पनि बनेको छ ।  ९० प्रतिशत लगानीकर्ताले अहिले अनलाइन प्रणालीबाटै कारोबार गरिरहेका छन्।

सेयर बजारमा आकर्षण बढेसँगै क्लोजआउटको समस्या भने यथावत नै रहेको छ। प्रविधिमैत्री बजारमा क्लोजआउटको समस्या कम हुँदै जानुपर्ने तर्क भइरहेकै बेला विभिन्न कारणले यो समस्या रही नै राखेको देखिन्छ।  

कसरी सकिन्छ जोगिन ?

खासगरी क्लोजआउट हामीले सेयर बेचेपछि समयमै ईडीआईएस (सेयर हस्तान्तरण) नगर्दा तिर्नुपर्ने जरिवाना हो। अहिले सीडीएससीले टी प्लस वानको सेटलमेन्ट व्यवस्था गरेको छ । यो नियमअनुसार हामीले आज सेयर बेचेको भोलिपल्ट दिउँसो ३ बजेसम्म मेरो सेयरमा गएर सेयर हस्तान्तरण गर्नुपर्छ । अन्यथा, बेचेको सेयरको कुल मूल्यमा २० प्रतिशतले जरिवना तिर्नुपर्ने हुन्छ । तर, तोकिएको समयमै बेचेको सेयर हस्तान्तरण गरियो भने क्लोजआउटबाट बच्न सकिन्छ ।  

सबैभन्दा पहिले मेरो सेयरमा भएको ब्यालेन्सअनुसार नै सेयर बेच्ने गर्नुपर्छ । टीएमएसमा भएको डीपी होल्डिङमा यथार्थ रेकर्ड नहुन सक्छ । अहिले क्लोजआउटमा पर्नुको मुख्य कारण टीएमएको डीपी होल्डिङको त्रुटि नै हो । यसै त्रुटिलाई लगानीकर्ताले ख्याल नगर्दा धेरै लगानीकर्ता क्लोजआउटमा पर्ने गरेको देखिन्छ ।

क्लोजआउटबाट बच्ने दोस्रो उपाय भनेको यदि ठूलो कारोबार गरेको खण्डमा दैनिक एउटा नोट बनाउनु हो । हरेका दिन दिउँसो ३ बजेपछि आफ्नो नोटमा बेचेको सेयरको हिसाब राख्न र सोही दिन साँझ ६ बजेपछि तुरुन्त ईडीआईएस गर्न भुल्न हुँदैन ।  

तेस्रो भनेको आफ्नो ब्रोकरलाई चुस्तदुरुस्त राख्नुपर्छ । आफ्नो हरेका कारोबारको मोबाइलमा अनिवार्य म्यासेज पठाउन ब्रोकरलाई आग्रह गर्न सकिन्छ । यदि कोहि  विदेशमा छ भने अनिवार्य आफ्नो कारोबारलाई ई–मेल गर्न लगाउन सकिन्छ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.