मंगलवार, असार ९,२०८३ 11:43:40
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:43:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानको सेयर बजारमा लगातार ६ दिन गिरावट, आज पनि ३% को पहिरो

Laxmi Sunrise Bank Limited
जापानको सेयर बजारमा लगातार ६ दिन गिरावट, आज पनि ३% को पहिरो

काठमाण्डौ । जापानको सेयर बजारमा ६ दिन लगातार गिरावट आएको छ । आज पनि जापानको निक्की२२५ इन्डेक्स ३ प्रतिशतले ओरालो लागेको छ । आज एशियाली बजारहरुमध्ये जापानको सेयर बजारमा सर्वाधिक गिरावट आएको छ ।  

आज निक्की२२५ इन्डेक्स ३ प्रतिशत अर्थात १ हजार १६८.२३ अंकले घटेको छ । यो गिरावटसँगै आज निक्की२२५ ३७ हजार ९९७.७१ विन्दुमा सीमित बनेको छ । आज सफ्ट बैंक ग्रुपको सेयरमूल्य ७ प्रतिशत र रेनिसास इलेक्ट्रोनिक्सको मूल्य १४ प्रतिशतले घटेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै आज टोपिक्स इन्डेक्स पनि २.२४ प्रतिशतले घटेको छ ।  

आज जापानको मुद्रा येन लगातार चौथो दिन डलरको तुलनामा बलियो बनेको छ । आज एक अमेरिकी डलरबराबर १५३.०९ येन कायम भएको छ । जापानको केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिमार्फत ब्याजदर बढाउने विषयमा छलफल बढाएपछि जापानको सेयर बजारमा गिरावट आएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.