काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको जोखिमभार सम्बन्धी व्यवस्था संसोधन गर्ने भएको छ ।
शुक्रबार नेपाल राष्टबैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति प्रस्तुत गर्दै भनेका छन्-'कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने ।'
यो बुँदाको विषयमा बिजशालासँग टेलिफोनमा कुराकानी गर्दै राष्टबैंकका एक कार्यकारी निर्देशकले सेयर धितो कर्जाको जोखिमभारसम्बन्धी अहिलेको व्यवस्थामा संसोधन गर्ने गरी नीति आएको दाबी गरे ।
ती कार्यकारी निर्देशकले भने-'सर्कुलरमार्फत १२५ को जोखिमभारलाई १०० प्रतिशत कायम हुने गरी नीतिगत व्यवस्था हुनेछ ।कतिसम्मको सेयर धितोकर्जाको जोखिमभार घटाउने भन्ने विषय पनि सर्कुलरमार्फत नै आउँछ।'
उनका अनुसार सेयर धितो कर्जा मात्र नभई बैंकहरुबाट प्रवाह हुने अन्य प्रकृतिको कर्जाहरुको जोखिमभार समेत घटाइनेछ ।
सेयर धितो कर्जापछि घरजग्गा कर्जा, अटो कर्जा तथा हायर पर्चेज कर्जाको जोखिमभार घटाइनेछ ।