मौद्रिक नीति २०८३/८४ः व्यक्तिगत जमानीबाट असीमित दायित्व हटाइने, कालोसूची व्यवस्थामा सुधार गरिने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत बैंकिङ तथा वित्तीय क्षेत्रलाई थप व्यवस्थित, लचिलो र व्यवसायमैत्री बनाउने उद्देश्यसहित विभिन्न नीतिगत व्यवस्था गर्ने भएको छ। यसअन्तर्गत ऋणी संरक्षण, निष्क्रिय कर्जा व्यवस्थापन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको छ।

