काठमाण्डौ । नेपाल राष्ट बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण प्रवाह गर्नेगरी आवश्यक व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आवका लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो ।
सरकारको बजेट वक्तव्यमा उल्लेख गरेअनुसार यो व्यवस्था गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।