काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ । चालु आव २०८१÷८२ का लागि मौद्रिक नीति प्रस्तुत गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गर्दै सरकारसमक्ष पेश गरिने बताएका हुन् ।
अधिकारीले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी गरिने बताए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा अनुपात बढ्न थालेपछि नयाँ संरचना स्थापना गर्ने तयारी गरेको हो ।