बुधबार, भाद्र २५,२०८२ 10:27:11
  • बुधबार, भाद्र २५,२०८२ 10:27:11
Global IME Bank Limited

राहदानीबापत उपलब्ध हुने विदेशी मुद्राको सटही सुविधा बढाउने राष्ट्र बैंकको घोषणा

Hyundai Nepal
राहदानीबापत उपलब्ध हुने विदेशी मुद्राको सटही सुविधा बढाउने राष्ट्र बैंकको घोषणा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राहदानीबापत उपलब्ध हुने विदेशी मुद्राको सटही सुविधा बढाउने भएको छ । चालु आव २०८१/८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राहदानीबापत उपलब्ध भईरहेको विदेशी मुद्राको सटही सुविधालाई सहजीकरण गरिने बताएका हुन् ।  

हालको व्यवस्थाअनुसार भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकले राहदानीबापत प्रतिपटक अमेरिकी डलर २ हजार ५ सय वा सोबराबरको परिवर्त्य विदेशी मुद्रासम्म एक आर्थिक वर्षमा २ पटकभन्दा नबढ्नेगरी सहटी सुविधा प्राप्त गर्न सक्छन् । यस्तो सटही सुविधा नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले जापान,दक्षिण कोरिया,युरोप महादेश,संयुृक्त राज्य अमेरिका,क्यानडाको हकमा अधिकतम अमेरिकी डलर ५ सय र अन्य मुलुकको हकमा अधिकतम अमेरिकी डलर २ सयसम्म राहदानीबापत सटही सुविधा प्राप्त गर्न सक्छन्  ।    

गभर्नर अधिकारीले ड्राफ्ट/टीटीको माध्यमबाट वस्तु आयत गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा ३५ हजार अमेरिकी  डलरबाट बर्ढार ५० हजार अमेरिकी डलर प्र्याउने घोषणा गरेका छन् ।  

यस्तै डकुमेन्ट पेमेन्ट र डकुमेन्ट एगेन्स्ट एसेप्टेन्सको माध्यमबाट आयात गर्न सकिने विद्यमान ६० हजार अमेरिकी डलरको सीमालाई बढाएर १ लाख डलर कायम गरिएको छ ।  

नेपालमा खोलिएका परिवत्र्य विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई वृद्धि गरिनेछ । विप्रेषण आप्रवाह, भ्रमण, व्यापार लगायतका क्रियाकलापलाई थप सहज हुने गरी सटही गर्न सकिने विदेशी मुद्राहरुको विद्यमान सूची पुनरावलोकन गरिनेछ ।

सेवा आयातवापत बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने विद्यमान सटही सीमालाई वार्षिक र क्षेत्रगत रुपमा तोकी यससम्बन्धी व्यवस्थालाई सहजीकरण गरिनेछ ।

नेपाल सरकारका निकायलाई सार्वजनिक खरिद कानुनबमोजिम गरिएको खरिदको भुक्तानीको लागि आवश्यक पर्ने सटही सुविधामा ड्राफ्ट/टी.टी.को सीमा लागु नहुने एवम् एकभन्दा बढी भुक्तानीको माध्यम प्रयोग गर्न सक्ने गरी सहजीकरण गरिनेछ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.