काठमाण्डौ । नेपाल राष्ट्र बैंकले घरजग्गा,हायर पर्चेज प्रकृतिका सवारीसाधन र ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार घटाउने भएको छ ।
चालु आव २०८१÷८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जोखिम भार घटाउने बताएका हुन् ।
यसैगरी मौद्रिक नीतिमा असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको नोक्सानी व्यवस्था घटाउने र घरजग्गा खरिद प्रयोजनका लागि प्रवाहित कर्जाको हकमा मासिक आम्दानी अनुपात खुकुलो बनाउने राष्ट्र बैंकले जनाएको छ ।