सोमबार, असार २,२०८२ 09:32:56
  • सोमबार, असार २,२०८२ 09:32:56
Global IME Bank Limited

गुराँस लघुवित्तको खुद नाफा १४४९% ले बढ्यो, आम्दानी र ईपीएसको अवस्था कस्तो ?

Hyundai Nepal
गुराँस लघुवित्तको खुद नाफा १४४९% ले बढ्यो, आम्दानी र ईपीएसको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानीमा राम्रो सुधार देखिएको छ । संस्थाले गत आव २०८०/८१ को चौथो त्रैमाससम्ममा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले १६ लाख ७६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा १ हजार ४४९ प्रतिशतले बढेको छ ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४७.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ५ करोड ६० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाले ३ करोड ६० लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा १ हजार ४१८ प्रतिशतले बढी हो । यस्तै संस्थाको कमिशन आम्दानी ३० लाख ९३ हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी २ करोड ९६ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको कर्मचारी खर्च ७.६१ प्रतिशतले बढेर ५ करोड ५६ लाख र अन्य सञ्चालन खर्च पनि १६.६८ प्रतिशतले बढेर २ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।    

यस्तै संस्थाको रिजर्भको आकार ११४.६० प्रतिशतले बढेर ४ करोड ७१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ३४ करोड ९४ लाख र कर्जा प्रवाह १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ६.३६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर २.४६ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २५.६१ रुपैयाँ,प्रतिसयर नेटवर्थ १४६.५२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७५८.६६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७१.२२ गुणा र तरलता अनुपात ६.५१ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.