शुक्रबार, जेष्ठ १,२०८३ 11:35:44
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:35:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेटा एक्सलाई थाईल्याण्डमा उत्पादन गर्ने नेटाको घोषणा, यी दुई देशमा गरिनेछ बिक्री

Laxmi Sunrise Bank Limited
नेटा एक्सलाई थाईल्याण्डमा उत्पादन गर्ने नेटाको घोषणा,  यी दुई देशमा गरिनेछ बिक्री
Shivam Cement

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी नेटाले थाईल्याण्ड र मलेशियामा नेटा एक्स कम्प्याक्ट  एसयुभी लञ्च गरेको छ । दायाँतर्फ स्टेरिङ भएको यो ईभी क्रसओभरमा कम्पनीले स्थानिय बजारका लागि थप अतिरिक्त परिवर्तनहरु गरेको छ ।  

नेटा एक्स ओरिजिनल नेटा यु को अपडेटेट भर्जन हो । नेटा एक्सको सुरुवाति मूल्य ९८ हजार ८०० युआन(१३ हजार ७५० डलर)रहेको छ । यसको लम्बाई ४ हजार ६१९ एमएम,चौडाई १ हजार ८६० एमएम र उचाई २ हजार ७७० एमएम रहेको छ ।  

थाईल्याण्ड र मलेशियामा नेटा एक्स राइट ह्याण्ड ड्राइभ–आउट लेआउटमा लञ्च गरिएको छ । यसमा १५.६ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिन र ८.९ इन्चको फ्लोटिङ इन्स्ट्रुमेन्ट प्यानल रहेको छ । यो कारले मल्टी ल्याङ्वेज भ्वाइज कन्ट्रोललाई सपोर्ट गुर्नका साथै कारमा अनलाइन म्युजिक,बिल्ट–इन नेभिगेशन र मोबाइलबाट भेइकल कन्ट्रोल गर्न सकिने सुविधा रहेको छ । यसका अतिरित्त यसमा एलटु लेभल ड्राईभिङ असिस्टेन्ट सिस्टम समेत रहेको छ ।  

Bizshala
New Office
CG Motors

थाईल्याण्ड र मलेशियामा लञ्च गरिएका दुवै मोडल १२० किलोवाटको अधिकतम पावर तथा २१० एमएमको उच्च टर्कका साथै स्थायी सिङ्क्रोनस मोटरद्वारा सुसज्जित रहेका छन् । यी मोडलहरु या त ५१.८ किलोवाट वा ६२ किलोवाट लिथियम आइरन फोसफेट ब्याट्री प्याकमा उपलब्ध छन् । जसले डब्लुएलटीपी रेञ्ज ३२३ किमी र ४१० किमी प्रदान गर्ने गर्छ ।

गत वर्षको अन्त्यमा होजोन अटोको नेटा ब्राण्डले थाईल्याण्डमा आफ्नो पहिलो मोडल नेटा भी आईआईको उत्पादन सुरु गरेको थियो । यसअघि यसको उत्पादन सन् २०२४ को जनवरीमा गर्ने अपेक्षा गरिएको थियो । तर थाईल्याण्डको स्थानिय साझेदार बागचन जनरल एसेम्बलीसँगको सहकार्यले समय अगावै उत्पादन सुरु भएको थियो ।  

थाईल्याण्डको कारखानाबाट उत्पादित कार थाईल्याण्ड र मलेशियामा आपूर्ति गरिनेछ र पछि आसियानाका क्षेत्रका इन्डोनेशिया र भियतनाममा पनि आपूर्ति गरिनेछ ।  

बीवाईडी पश्चात नेटा थाईल्याण्डमा सबैभन्दा बढी बिक्री हुने ईभी ब्राण्ड हो । गत वर्ष थाईल्याण्डमा नेटाको १२ हजार ७७७ युनिट ईभी कार बिक्री भएको थियो । नेटाले सन् २०२४ मा विश्वव्यापी बिक्री सञ्जालसँगै आफ्नो ब्राण्डलाई विश्वभरका ५० देशमा विस्तार गर्ने र ५०० भन्दा ओभरसिज बिक्री र सर्भिस आउटलेट स्थापना गर्ने घोषणा गरेको थियो ।   

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.