काठमाण्डौ । एनसेलले ‘सधैं अन’प्रतिको प्रतिवद्धता बमोजिम आफ्ना ‘बिज सधैं अन’का ग्राहकहरुलाई उच्च गुणस्तरको कन्टेन्टहरु प्रदान गर्नका लागि लायन्स्गेट प्लेसँग सहकार्यको थालनी गरेको छ ।
लायन्स्गेट प्ले लायन्स्गेट ईण्डिया र स्टार्जबाट पाईने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । यस प्लेटफर्ममा दर्शकहरुलाई बाँधि राख्ने खालका फ्रान्चाइजी, प्रिमियरहरु लगायत थुप्रै प्रिमियम कन्टेन्टहरुको ठूलो लाईब्रेरी रहेको कम्पनीले जनाएको छ ।
यस सहकार्यको उद्देश्य बिज सधैं अनको सदस्यता लिएका ग्राहकहरूलाई बन्डल सेवाका रुपमा विशेष सामाग्रीहरुमा पहुँच दिएर उनीहरुको अनुभव अभिवृद्धि गर्दै ग्राहक संलग्नता र सन्तुष्टि बढाउनु हो । ‘बिज सधैं अन’को सुरुवातपश्चात यस प्लेटफर्ममा पहुँच लिईसकेका ग्राहकहरुको प्रतिक्रिया उत्साहजनक रहेको एनसेलले जनाएको छ ।
“लायन्स्गेट प्ले हाम्रा ‘बिज सधैं अन’का ग्राहकहरुका लागि विशेष अफर हो । ‘एक प्रकारले यो एक विशेष टिकट नै हो जसले हाम्राग्राहकहरुलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनीहरु मध्येको एक लायन्स्गेटको वृहद् संग्रहमापहुँच दिन्छ’ एनसेलका हेड अफबिजनेश सोलुसन्स् रञ्जन शर्माले भने ‘स्ट्रिमिङ पार्टनरका रुपमा लायन्स्गेटसँग सहकार्य सुरु भएपछि हालसम्म हामीले हाम्रा बिज सधैं अनका ग्राहकहरुबाट यस प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं ।”
लायन्स्गेट प्लेमा पहुँचलिनका लागि एनसेलका ग्राहकहरुले सजिलै आफ्ना सर्भिस प्लानलाई एष्ट्रिक्स १२३ ह्यास डायल गरेर वा एनसेल एपमागई अपग्रेट गर्न सक्छन् । लायन्स्गेट प्ले एप गुगलप्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायर स्टिकमार्फत सजिलै डाउन लोड गर्न सकिन्छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                