काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुनचाँदीको अफर्सीको बिक्रीमा कम्प्युटर बिलिङ उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापत विभागको टक्सार महाशाखाबाट बिक्री हुने असर्फी,स्मारिका सिक्का र मेडालियनको बिक्री गर्दा कम्प्युटर बिलिङ उपलब्ध गराइने व्यवस्था मिलाइएको जनाएको हो ।
यसथै यस्ता वस्तु खरिदका लागि आग्रह गर्दा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने जस्तै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा चालक अनुमतिपत्र वा मतदाता परिचयपत्र वा राहदानी वा नेपाली नागरिकताको प्रमाणपत्र नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रमध्ये कुनै एक प्रस्तुत गर्नु पर्नेछ ।
विदेशी नागरिकको हकमा भने राहदानी प्रस्तुत गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।