सोमबार, असार २,२०८२ 02:32:05
  • सोमबार, असार २,२०८२ 02:32:06
Global IME Bank Limited

कुलमान घिसिङलाई बर्खास्त गर्ने ओलीको तयारी, देउवाको समेत सहमति

Hyundai Nepal
कुलमान घिसिङलाई बर्खास्त गर्ने ओलीको तयारी, देउवाको समेत सहमति
Nabil Bank Limited

काठमाण्डौ । मुलुकलाई लोडसेडिङमुक्त गरी उज्यालोका नायकको उपमा पाएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी थालिएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दिएको निर्देशन अटेर गरेको आरोप लगाउँदै कुलमानलाई निकट भविष्यमै बर्खास्त गर्ने गरी आवश्यक आन्तरिक तयारी थालेका ओली निकट स्रोतले दाबी गरेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 प्रधानमन्त्री ओलीले कुलमानलाई हटाउने गरी आवश्यक तयारी सुरु गर्न उर्जामन्त्री दीपक खड्कालाई समेत निर्देशन दिइसकेका छन् ।  

कुलमानलाई प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारी खोस्ने प्रक्रिया सुरु गर्नुअघि ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत सहमति लिइसकेका स्रोत दाबी गर्छ ।  

केपी शर्मा ओली प्रधानमन्त्री भएलगत्तै कुलमानले लाइन काटिदिएका उद्योगी तथा व्यवसायीहरुको पक्षमा वकालत गरेका थिए । ओलीले विद्युत बक्यौता तिर्न बाँकी रहेको भन्दै लाइन काटिएका उद्योगहरुमा तत्काल बिजुली जडान गर्न र कुनै उद्योगीले उपभोग गरेको बिजुलीको प्रमाण जुटाएर मात्र काम अगाडि बढाउन कुलमानलाई निर्देशन दिएका थिए । तर, कुलमानले भने विद्युतको बक्यौता नतिरी उद्योगहरुको लाइन नजोड्ने अडान लिएपछि प्रधानमन्त्री ओली फायर भएका थिए ।  

प्रधानमन्त्रीले जुन दिन ती उद्योगमा लाइन जोड्न ठाडो निर्देशन दिएका थिए, त्यो दिन कुलमानकै कारण जोडिएन । पछि प्राधिकरणको बोर्ड बैठक बसेर ती उद्योगहरुमा लाइन जोड्ने काम भएको थियो ।  

यो प्रकरणमा प्रधानमन्त्री ओलीले कुलमानले आफूलाई अटेर गरेको रुपमा बुझेका छन् । यहीकारण समेत सकेसम्म चाँडो उनलाई बर्खास्त गर्ने गरी प्रक्रिया अगाडि बढाइएको उच्च स्रोतको दाबी छ ।  

केही दिनमै कुलमानलाई जिम्मेवारी हटाइने तयारी भएको समेत बताइएको छ ।  

कुलमान भने आफूलाई जिम्मेवारीबाट हटाइए कानूनी लडाई लड्ने गरी आवश्यक तयारीमा लागेका समेत स्रोतहरु दाबी गर्छन् ।  

कुलमानलाई कांग्रेस र एमालेले माओवादीनिकटको रुपमा बुझ्ने गर्छन् । माओवादी सत्तामा रहुञ्जेल कुलमान सुरक्षित थिए । प्रचण्ड प्रधानमन्त्री भएको बेला उनले उद्योगीहरुलाई सकेसम्म पेल्ने काम गरेका थिए । तर, माओवादी सत्ताबाट च्यूत भएसँगै कुलमान समेत कमजोर बनेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.