सोमबार, असार २,२०८२ 10:54:28
  • सोमबार, असार २,२०८२ 10:54:28
Global IME Bank Limited

समाज लघुवित्तको नाफा ३२.३४% ले घट्यो, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
समाज लघुवित्तको नाफा ३२.३४% ले घट्यो, आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ३२.३४ प्रतिशतले घटेको छ । संस्थाले गत आव २०८०÷८१ को चौथौ त्रैमाससम्ममा ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा भने संस्थाले ७५ लाख ८२ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेर २ करोड २ लाख रुपैयाँ पुगेको छ । संस्थाको अन्य सञ्चालन आम्दानी ६० लाख २२ हजार रुपैयाँबराबर रहेको छ ।  

यस्तै संस्थाको सञ्चालन मुनाफा भने २ करोड ३० लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको निक्षेप संकलन १४ करोड ४६ लाख रुपैयाँबाट बढेर १६ करोड ५ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्जा प्रवाह पनि ३९ करोड ९९ लाख रुपैयाँबाट बढाएर ४४ करोड २७ लाख रुपैयाँ पुर्याएको छ ।  

संस्थाले रिजर्भको आकार भने ३०७९ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ लाख ३४ हजार रुपैयाँ रहेको रिजर्भको आकार २ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात ४.८२ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २२.४५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२९.९६ रुपैयाँ र तरलता अनुपात ३.६७ प्रतिशत कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.