मंगलवार, असार ९,२०८३ 11:48:17
Bizshala
  • मंगलवार, असार ९,२०८३ 11:48:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जापानको सेयर बजारले गर्यो उत्कृष्ठ पुनरागमन, अधिकांश एशियाली बजारमा समेत सुधार

Laxmi Sunrise Bank Limited
जापानको सेयर बजारले गर्यो उत्कृष्ठ पुनरागमन, अधिकांश एशियाली बजारमा समेत सुधार

काठमाण्डौ । अघिल्लो दिन व्यापक गिरावटको सामना गरेको जापानको सेयर बजारले उत्कृष्ठ पुनरागमन गरेको छ । आज जापानको सेयर बजार सूचक निक्की२२५ १० प्रतिशतले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म निक्की२२५ इन्डेक्स २ हजार ९५७ अंकले बढेर ३४ हजार ४१६ विन्दुमा कारोबार भईरहेको छ । आज टोपिक्स पनि ८ प्रतिशतले बढेको छ । अघिल्लो दिन निक्की२२५ र टोपिक्स इन्डेक्समा १२ प्रतिशतको पहिरो गएको थियो ।  

आज अन्य एशियाली बजारहरुले पनि राम्रो सुरुवात गरेका छन् । सोमबार जापानको सेयर बजारले सन् १९८७ को ब्ल्याक मन्डे क्र्यासपछिकै उच्च गिरावटको सामना गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

जापानको केन्द्रीय बैंकले गत जुलाई ३० मा सन् २००८ पछिकै उच्च स्तरमा ब्याजदर बढाएको थियो । जसका कारण जापानी येन ७ महिनाकै बलियो स्थितीमा पुगेको छ । यसले जापानको सेयर बजारमा दबाव सिर्जना गरेकाले मौद्रिक नीतिपश्चात जापानको सेयर बजारमा निरन्तर गिरावट आईरहेको छ ।  

यस्तै अमेरिकामा आर्थिक मन्दी आउन सक्ने भयका कारण विश्वका अन्य सेयर बजारमा समेत गिरावट आईरहेको छ । अमेरिकामा बेरोजगारीको संख्या बढेको छ । जसले गर्दा मन्दी आउन सक्ने आँकलन गर्न थालिएको छ ।  

आज जापानी येन डलरको तुलनामा ०.६२ प्रतिशतले कमजोर बनेको छ । यससँगै एक डलरबराबर १४५.०७ येन कायम भएको छ ।  

आज दक्षिण कोरियाको कोप्सी पनि ३ प्रतिशतले बढेको छ । यस्तै कोस्डाकमा पनि ४.५ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो दिन दक्षिण कोरियाको सेयर बजार कोप्सीमा ८ प्रतिशतको गिरावट आएर नकारात्मक सर्किट लागेपछि कारोबार स्थगित भएको थियो ।  

आज दक्षिण कोरियाली कम्पनी सामसुङको. मूल्य २.१ प्रतिशत र चिप निर्माता कम्पनी एसके हाईनिक्सको मूल्य १.०३ प्रतिशतले बढेको छ ।  

यस्तै आज हङकङको हाङ सेङ इन्डेक्स १.०३ र अष्ट्रेलियाको एस एण्ड पी/एएसएक्स२०० पनि ०.२७ प्रतिशतले बढेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.