सोमबार, असार २,२०८२ 10:37:31
  • सोमबार, असार २,२०८२ 10:37:31
Global IME Bank Limited

मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा ३६२.५८% को उछाल, लाभांश क्षमता १४.८७% पुग्यो

Hyundai Nepal
मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफामा ३६२.५८% को उछाल, लाभांश क्षमता १४.८७% पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३६२.५८ प्रतिशतले धेरै हो ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ४ करोड ७४ लाख मात्रै खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ७३ करोड १७ लाख रुपैयाँ रहेको कम्पनीको खुद सञ्चालन आम्दानी बढेर ९७ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले कर्मचारीका लागि ४७ करोड ९६ लाख र १३ करोड ८६ लाख रुपैयाँ अन्य सञ्चालन खर्च गरेको छ । कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ९४ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जका लागि १ करोड ९४ लाख रुपैयाँ छुट्टाएको थियो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले  इम्पेयरमेन्ट चार्जका लागि १ करोड २५ लाख रुपैयाँ छुट्टाएको थियो ।

कम्पनीको रिटेन्ड अर्निङ १९ करोड ६२ लाख रुपैयाँ र रिजर्भको आकार ६० करोड २७ लाख रुपैयाँ रहेको छ । गत आवसम्म कम्पनीको रिजर्भको आकार ५० करोड ६६ लाख रुपैयाँमा सीमित थियो।  

३ अर्ब ४० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको कम्पनीले १३ अर्ब ८५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । कम्पनीको खराब कर्जा अनुपात ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ ।

यस्तै कम्पनीको वितरणयोग्य मुनाफा १९ करोड ६२ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता १४.८७ प्रतिशत रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१६.६३ रुपैयाँ,प्रतिसेयर  नेटवर्थ १६०.५३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ११८.१० रुपैयाँ,मूल्य आम्दानी अनुपात ४२.०८ गुणा र तरलता अनुपात ५.४७ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.