बुधबार, भाद्र २५,२०८२ 09:42:37
  • बुधबार, भाद्र २५,२०८२ 09:42:37
Global IME Bank Limited

सामान्य अंकको वृद्धिका साथ साताको अन्त्य, जानकार भन्छन्,‘विचलित हुनुपर्ने कारण छैन’

Hyundai Nepal
सामान्य अंकको वृद्धिका साथ साताको अन्त्य, जानकार भन्छन्,‘विचलित हुनुपर्ने कारण छैन’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२४ प्रतिशत अर्थात ६.७० अंकले बढेर २ हजार ७६६.३८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ प्रतिशतले बढेर ४८३.६८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब ७ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज अघिल्लो दिनको तुलनामा कारोबार बढेको छ । अघिल्लो दिन करिब १८ अर्बको कारोबार भएको थियो ।  

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरम छोटेलाल रौनियार भन्छन्,  ‘लगानीकर्ता अहिले कुनै पनि विषयले विचिलन हुनु पर्ने आवश्यक छैन । बजारमा सबै विषय नै सकारात्मक छन् । कारोबार र भोल्यमुका कारण पनि बजार बलियो अवस्थामै छ । बजार इन्ट्रा डे करेक्सन हुँदै सम्हालिएको छ ।’

यद्यपी लगानीकर्ताहरु कमजोर आर्थिक अवस्था भएका कम्पनीबाट  भने जोगिनु पर्नेमा रौनियारेले जोड दिए ।  

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेलले अर्थ समितिमा सेयर बजारका विषयमा  कुरा उठुन् स्वभाविक भएको तर सांसदहरुले संसदमा बोल्नु भने उपयुक्त नभएको बताए । ‘बजार नाफा बुकका साथै इन्ट्रा डे करेक्सन हुँदै अघि बढिहरेको छ । बजारलाई प्रभाव पार्ने कुनै पनि तत्व अहिले देखिदैन । आज २० अर्बको कारोबार  हुनुले बजार सम्हालिदै बढ्ने देखिन्छ, ’ उनले भने ।   

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने अन्य ७ वटा समूहमा रातो पोतियो । आज उत्mपादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ५.८७ प्रतिशतले बढ्यो । यस्तै आज हाईड्रो समूह ०.८७ प्रतिशत,लगानी १.३३,म्युचुअल फण्ड ०.४०,निर्जीवन बीमा ०.०७ र व्यापार समूह ०.४७ प्रतिशतले बढ्यो ।  

आज होटल समूहमा सर्वाधिक अर्थात १.२७ प्रतिशतको गिरावट आयो । बैंकिङ समूह ०.५५ प्रतिशत,विकास बैंक ०.६७,वित्त ०.४२,जीवन बीमा ०.३०,लघुवित्त ०.४४ र अन्य समूह ०.५५ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १ अर्ब २० करोड बढीको कारोबार भएको छ । यस्तै आज हिमालयन रि इन्स्योरेन्सको १ अर्ब ७ करोड, निफ्राको ९ करोड २४ लाख,सोनापुर मिनरल्सको ४ करोड ५८ लाख र सानिमा माई हाईड्रोको ४ करोड २५ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज कर्णाली डेभलपमेन्ट बैंक,शिवम् सिमेन्ट,घोराही सिमेन्ट,मिड सोलु हाईड्रोपावर,सोनापुर मिनरल्स,सर्वोत्तम सिमेन्ट र कुथेली बुखरी स्मल हाईड्रोको सेयरमुल्यमा अपर सर्किट लागेको छ ।  

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य सर्वाधिक अर्थात ८.०४ प्रतिशतले घट्यो । यस्तै आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य ४.९३ र रुरु जलविद्युतको सेयरमूल्य ४.८४ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.