सोमबार, असार २,२०८२ 10:52:01
  • सोमबार, असार २,२०८२ 10:52:01
Global IME Bank Limited

मिथिला लघुवित्तको नाफा र ब्याज आम्दानी दुवै बढ्यो, खराब कर्जा अनुपात पनि घटाउन सफल

Hyundai Nepal
मिथिला लघुवित्तको नाफा र ब्याज आम्दानी दुवै बढ्यो, खराब कर्जा अनुपात पनि घटाउन सफल
Nabil Bank Limited

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी दुवै बढेको छ । संस्थाले गत आव २०८०÷८१ को चौथो त्रैमाससम्ममा ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले २ करोड ९५ लाख ५९ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी एक वर्षको अवधिमा संस्थाको खुद नाफा ६०.८४ प्रतिशतले बढेको छ ।  

संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा १४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५६.०२ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ९ करोड ४४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाले ५ करोड ९३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा ३०२६.६४ प्रतिशतले बढी हो ।  

संस्थाको कर्मचारी खर्च ४.८९ प्रतिशतले बढेर ६ करोड ३९ लाख र अन्य सञ्चालन खर्च पनि ३८.९६ प्रतिशतले बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।    

यस्तै संस्थाको रिजर्भको आकार ९६.५५ प्रतिशतले बढेर १२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब ४ करोड र कर्जा प्रवाह २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.७८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.३९ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २४.२६ रुपैयाँ,प्रतिसयर नेटवर्थ १६५.२२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५५३.८४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५६.८५ गुणा र तरलता अनुपात ७.०९ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.