सोमबार, असार २,२०८२ 11:12:59
  • सोमबार, असार २,२०८२ 11:12:59
Global IME Bank Limited

चिरख्वा हाईड्रोपावर ३८.६१ करोड घाटामा, विद्युत बिक्री आम्दानी १.१३ करोड

Hyundai Nepal
चिरख्वा हाईड्रोपावर ३८.६१ करोड घाटामा, विद्युत बिक्री आम्दानी १.१३ करोड
Nabil Bank Limited

काठमाण्डौ । चिरख्वा हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा ३८ लाख ६१ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ ।  

कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड १३ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजनाबाट गत जेठ २० गतेबाट बिद्युत बिक्रि सुरु गरेको छ । यो अवधिसम्म कम्पनीको कर्मचारी खर्च ९ लाख २२ हजार रुपैयाँ र प्रशासनिक खर्च २२ लाख ७७ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल खर्च भने ८० लाख ५६ हजार रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ७३ लाख २५ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ८७ लाख र कुल चालु दायित्व १८ करोड ८८ लाख रुपेयाँ रहेको छ । चौथौ त्रैमाससम्म कम्पनीले ५५ करोड ५ लाख रुपैयाँबराबरको दीर्घकालिन कर्जा लिएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.९७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९८.१७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८३.०१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ६२८.५४ गुणा ऋणात्मक र तरलता अनुपात ०.२६ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.