सोमबार, असार २,२०८२ 08:52:37
  • सोमबार, असार २,२०८२ 08:52:37
Global IME Bank Limited

महुली लघुवित्तको नाफा ५६.४७% ले बढ्यो, लाभांश क्षमता २८.०७% पुग्यो

Hyundai Nepal
महुली लघुवित्तको नाफा ५६.४७% ले बढ्यो, लाभांश क्षमता २८.०७% पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५६.४७ प्रतिशतले बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

नाफासँगै संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । समीक्षा अवधिसम्म संस्थाले २७ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले २५ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । संस्थाले ५ करोड १७ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आर्जन गरेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी भने १.७३ प्रतिशतले बढेर ३३ करोड ४९ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा ९ करोड ८७ लाख रुपैयाँबराबर रहेको छ ।  

चौथो त्रैमाससम्म संस्थाले कर्मचारीका लागि १७ करोड १४ लाख र अन्य सञ्चालनका लागि ४ करोड ७८ लाख रुपैयाँ खर्च गरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको रिटेन्ड अर्निङ बढेको छ भने रिजर्भको आकार घटेको छ । रिटेन्ड अर्निङ १ करोड ६४ लाख रुपैयाँबाट बढेर ९ करोड ४ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार भने २६ करोड ६४ लाख रुपैयाँबाट घटेर २५ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ ।  

संस्थाको वितरणयोग्य मुनाफा ९ करोड ४ लाख रुपैयाँ र लाभांश क्षमता २८.०७ प्रतिशत रहेको छ । चौथो त्रैमाससम्म १ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ६२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १ करोड २३ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.९४ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात घटेर ३.९४ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) पनि १३.७१ रुपैयाँबाट बढेर २१.४४ रुपैयाँ पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २०८.४० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५४४.७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६३ गुणा र तरलता अनुपात १२.६९ प्रतिशत कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.