बुधबार, फाल्गुन ६,२०८२ 09:01:57
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 09:01:57
Bizshala
Global IME Bank Limited

सेयर बजारका बादशाह पनि बजार प्रवेश गरे, पहिलो दिन नै उठाए ३९ करोडको सेयर

सेयर बजारका बादशाह पनि बजार प्रवेश गरे, पहिलो दिन नै उठाए ३९ करोडको सेयर
Shivam Cement

काठमाण्डौ । नेपाली सेयर बजारको बादशाह भनेर चिनिने निर्मल प्रधान समेत थप लगानी लिएर बजार प्रवेश गरेका छन् ।  

बजार २२०० विन्दूबाट माथि उक्लिएर २८०० सम्म पुग्दा समेत उनी बजारमा थप लगानीसहित प्रवेश गरेका थिएनन् । आफूसँग भएका सेयरहरुलाई नै होल्ड गरी बसेका उनी आइतबार एकैपटक ३९ करोडको  सेयर किनेर बजार प्रवेश गरेका हुन् । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

'उहाँ लामो समयसम्म बुल मार्केट हो कि होइन भनेर दिविधासहित बस्नुभएको रहेछ । उहाँको छोराले अब चाहि बजार घट्दैन र अलटाईम हाईलाई ब्रेक गरेर समेत माथि जान्छ भनेर सम्झाएपछि हिजोबाट बजार प्रवेश गर्नुभएछ ।' उनले कारोबार गर्ने ब्रोकर निकट स्रोतले बिजशालासँग भन्यो -'हिजो उहाँले एउटा हाइडो र केही बैंकमा एकैपटक ३९ करोड लगानी गर्नुभएको छ ।'  

प्रधानलाई उद्धृत गर्दै स्रोतले बताएअनुसार उनी थप लगानी समेत हाल्ने तयारी गरिरहेका छन् ।  

बजार उछालको गतिमा अगाडि बढेपछि र कारोबार रकम पनि उसैगरी बढेपछि प्रधानजस्ता बिग प्लेयरहरु समेत ठूलो फण्डसहित बजार प्रवेश गरेका स्रोतहरुको दाबी छ ।  

संस्थागत लगानीकर्ताहरुले पनि दोश्रो बजारमा आक्रामक लगानी बढाएका छन् । यसले समेत कारोबारमा दैनिकजसो रेकर्ड बन्ने अवस्था बनिरहेको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.