बुधबार, भाद्र ३,२०८३ 06:26:15
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:26:15
Bizshala
Global IME Bank Limited

समृद्धि फाइनान्स: खराब कर्जा ५ गुणा बढेर २०% पुग्यो, घाटा चुलिँदा इपीएस रु. ११.५७ ले ऋणात्मक, सेयरमूल्यमा चाहिँ उछाल

समृद्धि फाइनान्स: खराब कर्जा ५ गुणा बढेर २०% पुग्यो, घाटा चुलिँदा इपीएस रु. ११.५७ ले ऋणात्मक, सेयरमूल्यमा चाहिँ उछाल
New Office

काठमाण्डौ । नेपालको सेयर बजारमा सूचीकृत बित्त कम्पनीमध्ये निकै कमजोर अवस्थाको समृद्धि फाइनान्स निरन्तर ओरालो लागिरहेको छ ।  

समस्याग्रस्त बनेपछि एउटा टिम बनाएर नेपाल राष्टबैंकले यसलाई सञ्चालनका लागि जिम्मा दिएको केही वर्ष हुँदा समेत कम्पनीका प्रमुख वित्तीय सूचकहरुमा ठूलो परिवर्तन आउन सकेको छैन ।  

कमजोर व्यवस्थापनका कारण यो कम्पनीको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । यसको पछिल्लो उदाहरणको रुपमा आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमासको रिपोर्टलाई समेत लिन सकिन्छ । 

Bizshala
CG Motors

समृद्धि फाइनान्सले चौथो त्रैमाससम्मा ९ करोड ५२ लाख बढी खूद घाटा व्यहोरेको छ । यस्तो घाटा अघिल्लो वर्षको यही अवधिमा ७ करोड २६ लाख मात्र थियो । यसरी कम्पनीको व्यवस्थापन असक्षम भन्दा घाटा घट्नुको साटो बढिरहेको देखिएको छ ।  

घाटा बढेका कारण गत वर्ष यही अवधिमा ९.९५ रुपैयाँले ऋणात्मक रहेको प्रतिसेयर आम्दानी पनि थप घटेर ११.५७ रुपैयाँले ऋणात्मक बनेको छ ।  

कम्पनीको सञ्चालन घाटा पनि उसैगरी चुलिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८ करोड ८६ लाख रहेको यस्तो घाटा अझ बढेर  १२ करोड ३० लाख माथि पुगेको छ ।  

खूद ब्याज आम्दानी २ करोड भन्दा बढीले वृद्धि गरेको भए पनि उच्च व्यवस्थापन रिकभरिमा असफल बन्दा खराब कर्जाको थुप्रो लागेको छ । यो कम्पनीमा अघिल्लो वर्षसम्म ४.५९ प्रतिशत रहेको खराब कर्जा अनुपात रकेटको गतिमा बढेर २०.२३ प्रतिशत पुगेको छ । यो भनेको कम्पनी संकटग्रस्त अवस्थामा थप फसिरहेको छ भन्ने प्रमाण पनि हो ।  

कुल ८१ करोड ८९ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको समीक्षा अवधिसम्मको वितरणयोग्य मनाुफा ५९ करोड ६६ लाखले ऋणात्मक बन्न पुगेको छ ।  

खराब कर्जाको थुप्रो लागेर फेरि संकटग्रस्त मोडमा पुगेको यो फाइनान्सको दोश्रो बजार मूल्य भने प्रतिकित्ता ६६९ रुपैयाँ पुगेको छ । गडबडीपूर्ण रिपोर्ट प्रकाशन भएकै दिन यो कम्पनीको सेयरमूल्य करिब ७ प्रतिशतले बढाइएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.