सोमबार, असार २,२०८२ 07:01:30
  • सोमबार, असार २,२०८२ 07:01:30
Global IME Bank Limited

समृद्धि फाइनान्स: खराब कर्जा ५ गुणा बढेर २०% पुग्यो, घाटा चुलिँदा इपीएस रु. ११.५७ ले ऋणात्मक, सेयरमूल्यमा चाहिँ उछाल

Hyundai Nepal
समृद्धि फाइनान्स: खराब कर्जा ५ गुणा बढेर २०% पुग्यो, घाटा चुलिँदा इपीएस रु. ११.५७ ले ऋणात्मक, सेयरमूल्यमा चाहिँ उछाल
Nabil Bank Limited

काठमाण्डौ । नेपालको सेयर बजारमा सूचीकृत बित्त कम्पनीमध्ये निकै कमजोर अवस्थाको समृद्धि फाइनान्स निरन्तर ओरालो लागिरहेको छ ।  

समस्याग्रस्त बनेपछि एउटा टिम बनाएर नेपाल राष्टबैंकले यसलाई सञ्चालनका लागि जिम्मा दिएको केही वर्ष हुँदा समेत कम्पनीका प्रमुख वित्तीय सूचकहरुमा ठूलो परिवर्तन आउन सकेको छैन ।  

कमजोर व्यवस्थापनका कारण यो कम्पनीको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ । यसको पछिल्लो उदाहरणको रुपमा आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमासको रिपोर्टलाई समेत लिन सकिन्छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समृद्धि फाइनान्सले चौथो त्रैमाससम्मा ९ करोड ५२ लाख बढी खूद घाटा व्यहोरेको छ । यस्तो घाटा अघिल्लो वर्षको यही अवधिमा ७ करोड २६ लाख मात्र थियो । यसरी कम्पनीको व्यवस्थापन असक्षम भन्दा घाटा घट्नुको साटो बढिरहेको देखिएको छ ।  

घाटा बढेका कारण गत वर्ष यही अवधिमा ९.९५ रुपैयाँले ऋणात्मक रहेको प्रतिसेयर आम्दानी पनि थप घटेर ११.५७ रुपैयाँले ऋणात्मक बनेको छ ।  

कम्पनीको सञ्चालन घाटा पनि उसैगरी चुलिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८ करोड ८६ लाख रहेको यस्तो घाटा अझ बढेर  १२ करोड ३० लाख माथि पुगेको छ ।  

खूद ब्याज आम्दानी २ करोड भन्दा बढीले वृद्धि गरेको भए पनि उच्च व्यवस्थापन रिकभरिमा असफल बन्दा खराब कर्जाको थुप्रो लागेको छ । यो कम्पनीमा अघिल्लो वर्षसम्म ४.५९ प्रतिशत रहेको खराब कर्जा अनुपात रकेटको गतिमा बढेर २०.२३ प्रतिशत पुगेको छ । यो भनेको कम्पनी संकटग्रस्त अवस्थामा थप फसिरहेको छ भन्ने प्रमाण पनि हो ।  

कुल ८१ करोड ८९ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको समीक्षा अवधिसम्मको वितरणयोग्य मनाुफा ५९ करोड ६६ लाखले ऋणात्मक बन्न पुगेको छ ।  

खराब कर्जाको थुप्रो लागेर फेरि संकटग्रस्त मोडमा पुगेको यो फाइनान्सको दोश्रो बजार मूल्य भने प्रतिकित्ता ६६९ रुपैयाँ पुगेको छ । गडबडीपूर्ण रिपोर्ट प्रकाशन भएकै दिन यो कम्पनीको सेयरमूल्य करिब ७ प्रतिशतले बढाइएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.