बिहीबार, श्रावण १४,२०८३ 11:02:32
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:02:32
Bizshala
Global IME Bank Limited

नेपाल लाइफको नाफा ३०.८१% ले वुद्धि, बीमाशुल्क आर्जन र दाबी भुक्तानी पनि बढ्यो

नेपाल लाइफको नाफा ३०.८१% ले वुद्धि, बीमाशुल्क आर्जन र दाबी भुक्तानी पनि बढ्यो
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमाससम्ममा ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३०.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ३९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ९.८६ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले ४० अर्ब ११ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ ।  

यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १५ अर्ब २० करोड रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट ४५ करोड ८७ लाख,बीमितलाई प्रदान गरिएको कर्जाबाट ३ अर्ब ३९ करोड र २ करोड १९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ४९ अर्ब ४६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १२.६५ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले ४३ अर्ब ९० करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो।

कम्पनीले समीक्षा अवधिसम्म  ५५ अर्ब ३५ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च ४९ अर्ब ६० करोड रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ९ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीले रिटेन्ड अर्निङ कोषमा ५२ करोड ८४ लाख रुपैयाँ सञ्चित गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६९.८८ प्रतिशतले कम हो ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) पनि बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४.८ रुपैयाँ रहेको ईपीएस बढेर ६.२६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२९.११ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ५९७ रुपैयाँ र पीई अनुपात ९८.८८ गुणा कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.