सोमबार, असार २,२०८२ 02:05:18
  • सोमबार, असार २,२०८२ 02:05:18
Global IME Bank Limited

स्ट्याण्डर्ड चाटर्डलाई पछि पार्दै एभरेष्ट बैंक बन्यो सर्वाधिक सेयरमूल्य भएको वाणिज्य बैंक, सेयर भाउ ३ वर्षकै उच्च

Hyundai Nepal
स्ट्याण्डर्ड चाटर्डलाई पछि पार्दै एभरेष्ट बैंक बन्यो सर्वाधिक सेयरमूल्य भएको वाणिज्य बैंक, सेयर भाउ ३ वर्षकै उच्च
Nabil Bank Limited

काठमाण्डौ । एभरेष्ट बैंकको सेयरमूल्य ३ वर्षकै उच्च कायम भएको छ । हाल दोस्रो बजारमा बैंकको सेयरमूल्य प्रतिकित्ता ७०३ रुपैयाँ कायम भएको छ । आजको कारोबारमा बैंकको सेयरमूल्यमा कुनै पनि परिवर्तन भएन ।  

यससँगै एभरेष्ट बैंकको सेयरमूल्य नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकहरुमध्ये सर्वाधिक सेयरमूल्य भएको बैंक बनेको छ । बैंकले स्ट्याण्डर्ड चाटर्ड बैंकलाई पछि पार्दै यो उपलब्धि हासिल गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयरमूल्य १.३८ प्रतिशत अर्थात प्रतिकित्ता ९.३८ रुपैयाँले घटेको छ । यो गिरावटसँगै बैंकको सेयरमूल्य प्रतिकित्ता ७००.३० रुपैयाँमा सीमित बनेको छ ।  

यसअघिको १८८१ को बुलमा एभरेष्ट बैंकको सेयरमूल्य प्रतिकित्ता ३६ सय रुपैयाँसम्म पुगेको थियो ।  

यस्तै उच्च मूल्य सेयर हुने वाणिज्य बैंकमा नबिल बैंक तेस्रो स्थानमा रहेको छ । यो बैंकको सेयरमूल्य प्रतिकित्ता ६४८ रुपैंयाँ रहेको छ । यस्तै एनआइसी एशिया बैंकको सेयरमूल्य प्रतिकित्ता ५१६ रुपैंया, एसबिआई बैंकको ४५१ रुपैंयाँ, सिद्धार्थ बैंकको ३४४ रुपैंयाँ रहेको छ । अन्य बाणिज्य बैंकहरुको सेयर भाउ भने हालसम्म पनि ३ सय तल नै रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.