मंगलवार, आश्विन १३,२०८३ 05:22:08
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 05:22:08
Bizshala
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुमा रु.१४.५० अर्बको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीबाट कति ?

Bizshala
जीवन बीमा कम्पनीहरुमा रु.१४.५० अर्बको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीबाट कति ?
New Office

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुबाट गत आर्थिक वर्षमा साढे १४ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी समर्पण (सरेण्डर) भएको छ । नेपाल बीमा प्रााधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०८०/८१ को अन्त्यसम्म कुल १ लाख १३ हजार ९७६ जना बीमितबाट १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो ।  

पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी त्याग गर्नेको संख्या बढ्दो छ । आर्थिक शिथिलताका कारण बीमितहरुमा पोलिसी त्याग गर्ने प्रवृत्ति बढ्दा बीमा क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । बीमा अभिकर्ताहरुले कमिसनको प्रलोभनमा बीमितको आर्थिक अवस्था नबुझि वा प्रलोभन देखाई दबाबमा बीमा गराईदिने प्रबृत्ति अभिकर्ताहरुमा हाबी छ ।  

 बीमितले ९ करोड ४ लाख रुपैयाँ र सन नेपाल लाइफका ६८२ बीमितले ६ करोड ६२ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत आवमा सर्वाधिक नेपाल लाइफमा बीमा पोलिसी सरेण्डर भएको छ ।  गत आवको अन्त्यसम्म कम्पनीमा २८ हजार ६२७ बीमितले ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका छन् ।

दोस्रोमा धेरै सरेण्डर हुनेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन ९एलआइसी नेपाल० रहेको छ । असार मसान्तसम्ममा कम्पनीमा ३० हजार ३०९ वटा बीमा पोलिसी त्याग भएको छ । अर्थात् ४ अर्ब ३० करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

तेस्रोमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी रहेको छ । संस्थानमा १३ हजार ९४१ वटा बीमा पोलिसी वापत १ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।  

त्यस्तै, नेशनल लाइफका ७ हजार ८१० बीमितले १ अर्ब २ करोड रुपैयाँ, सुर्यज्योति लाइफका ७ हजार ५०० बीमितले १ अर्ब १ करोड रुपैयाँ, एशियन लाइफका ५ हजार २७४ बीमितले ७१ करोड ४१ लाख रुपैयाँ, हिमालयन लाइफका ७ हजार १७१ बीमितले ५५ करोड ६३ लाख रुपैयाँ, मेट लाइफका ४ हजार १०३ बीमितले ४३ करोड २८ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफका १ हजार ७२८ बीमितले २४ करोड ८६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका छन् ।  

यसका साथै सानिमा रिलायन्स लाइफका १ हजार २८१ बीमितले २१ करोड २६ लाख, आइएमई लाइफका २ हजार ६५१ बीमितले १७ करोड ३३ लाख रुपैयाँ, सिटिजन लाइफका १ हजार ४२५ बीमितले १३ करोड ६६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफका १ हजार ४७४

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.