सोमबार, असार २,२०८२ 03:41:09
  • सोमबार, असार २,२०८२ 03:41:09
Global IME Bank Limited

हिमालयन लाइफ नाफा र बीमाशुल्क आर्जन दुवै बढाउन सफल, अन्य सूचकमा कति अब्बल ?

Hyundai Nepal
हिमालयन लाइफ नाफा र बीमाशुल्क आर्जन दुवै बढाउन सफल, अन्य सूचकमा कति अब्बल ?
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा र बीमाशुल्क आर्जन दुवै बढेको छ । कम्पनीको खुद नाफामा २१.५९ प्रतिशतको बढोत्तरी आएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६३ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५२ करोड १२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म १६ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १४ अर्ब ५७ करोडको तुलनामा ११.०९ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ८ करोड १७ लाख ,लगानी तथा कर्जा आम्दानी ५ अर्ब ६० करोड र बीमितलाई प्रदान गरिएको कर्जाबाट ८० करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको अन्य आम्दानी ४१ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी २२ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवसम्म भने कम्पनीको कुल आम्दानी २० अर्ब ८ करोड रुपैयाँ रहेको थियो । चौथो त्रैमाससम्म कम्पनीले १८ अर्ब ८१ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले गरेको दाबी भुक्तानी अघिल्लो आवको सोही अवधिको तुलनामा १७.३९ प्रतिशतले धेरै हो ।  

चौथो त्रैमाससम्म कम्पनीको खर्च १२.७२ प्रतिशतले बढेर २२ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४३ करोड ४८ लाख र रिटेन्ड अर्निङ १ अर्ब ४२ करोड रुपैयाँबराबर रहेको छ ।  

कम्पनीको चुक्तापूँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । कम्पनीको ईपीएस ६.५० रुपैयाँबाट बढेर ७.९० रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.२९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९६६.२६ रुपैयाँ, पीई रेसियो ४९.४७ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.