सोमबार, असार २,२०८२ 07:03:47
  • सोमबार, असार २,२०८२ 07:03:47
Global IME Bank Limited

आम्दानी घटेसँगै हिमालयन डिष्टिलरीको नाफामा ४६.५५% को गिरावट, रिजर्भ पनि २७.४९% ले घट्यो

Hyundai Nepal
आम्दानी घटेसँगै हिमालयन डिष्टिलरीको नाफामा ४६.५५% को गिरावट, रिजर्भ पनि २७.४९% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा ४६.५५ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आव २०८०/८१ को चौथो त्रैमाससम्म ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको खुद बिक्री आम्दानी पनि २९.९३ प्रतिशतले घटेको छ । कम्पनीको खुद बिक्री आम्दानी २ अर्ब ९७ करोड रुपैयाँबाट घटेर २ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीको कर्मचारी खर्च १८ करोड ६७ लाख,वित्त खर्च १३ लाख ७५ हजार, प्रशासनिक तथा अन्य खर्च १० करोड ४६ लाख र बिक्री तथा वितरण खर्च ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

यस्तै कम्पनीले १२ करोड ३७ लाख रुपैयाँ आयकरको रुपमा तिरेको छ । कम्पनीको सञ्चालन मुनाफा ५३ करोड ३ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको रिजर्भको आकार २७.४९ प्रतिशतले घटेर ६७ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ६७ करोड र कुल चालु दायित्व २५ करोड ६० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२४.७२ रुपैयाँबाट घटेर १३.२१ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १३८.०१ रुपैयाँबाट घटेर १२५.१० रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.