सोमबार, असार २,२०८२ 10:36:46
  • सोमबार, असार २,२०८२ 10:36:46
Global IME Bank Limited

बुटवल पावरको नाफामा ४२.१७% को गिरावट, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
बुटवल पावरको नाफामा ४२.१७% को गिरावट, आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा १७ करोड ६४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४२.१७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३० करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ६८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.१६ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ७२ करोड ४४ लाख रुपैयाँ कमाएको थियो । कम्पनीको खुद आम्दानी भने २४ करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीको अन्य आम्दानी १० करोड ३८ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको साधारण खर्च ३० करोड २८ लाख, वितरण खर्च १३ करोड ४३ लाख, प्रशासनिक र अन्य सञ्चालन खर्च १३ करोड ४० लाख र वित्त खर्च १ करोड ३० लाख रुपैयाँ रहेको छ ।    

३ अर्ब ४० करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ७६ करोड ९ लाख र कुल चालु दायित्व १७ करोड १३ लाख रुपेयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ५.१७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०६.६८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५९.९६ गुणा र तरलता अनुपात ४.४४ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.