सोमबार, असार २,२०८२ 11:10:04
  • सोमबार, असार २,२०८२ 11:10:04
Global IME Bank Limited

सिक्लेस हाईड्रोपावरको नाफामा सामान्य वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
सिक्लेस हाईड्रोपावरको नाफामा सामान्य वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । सिक्लेस हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पानीको मुनाफामा सामान्य वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.९६ प्रतिशतले बढी हो ।  

कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको विद्युत बिक्रीको आम्दानी भने ५.८३ प्रतिशतले घटेको छ । कम्पनीले चौथो त्रैमासको अन्त्यसम्म विद्युत बिक्रीमार्फत २९ करोड ३७ लाख रुपैयाँ कमाएको छ । कम्पनीले अन्य स्रोतबाट १ करोड ४४ लाख रुपैयाँ कमाएको छ ।  

त्यस्तै कम्पनीको कुल सञ्चालन खर्च ५ करोड ८१ लाख र कुल गैर सञ्चालन खर्च २० करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ५ करोड ७८ लाखबाट बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब १७ करोड रुपैयाँबराबरको दिर्घकालिन कर्जा लिएको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस)५.५८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०८.०१ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.