सोमबार, असार २,२०८२ 11:14:56
  • सोमबार, असार २,२०८२ 11:14:56
Global IME Bank Limited

राधि विद्युतको आम्दानीसँगै नाफा पनि घट्यो

Hyundai Nepal
राधि विद्युतको आम्दानीसँगै नाफा पनि घट्यो
Nabil Bank Limited

काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडको नाफा १७.७२ प्रतिशतले घटेको छ  । कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ११ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ९ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २४.१६ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमाफर्त १२ करोड ८४ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो । यस्तै कम्पनीले ७ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च ३ करोड ८ लाख रुपैयाँ, विद्युत उत्पादन खर्च २ करोड २ लाख  रुपैयाँ र वित्तीय खर्च १ करोड ३१ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति ६३ करोड र कुल चालु दायित्व १३ करोड १२ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ५.२८ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ११९.८१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३०.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५०.७५ गुणा र तरलता अनुपात ४.८० प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.