मंगलवार, असार ३,२०८२ 12:14:59
  • मंगलवार, असार ३,२०८२ 12:14:59
Global IME Bank Limited

रोवर्ट र व्यवसायी मिन बहादुर गुरुङले गरे यूएनभि स्टोरको ओपनिङ, २०% सम्म छुट अफर

Hyundai Nepal
रोवर्ट र व्यवसायी मिन बहादुर गुरुङले गरे यूएनभि स्टोरको ओपनिङ, २०% सम्म छुट अफर
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ टेक जाईन्ट कम्पनी यूएनभिले आफनो नयाँ अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । राजधानी काठमाण्डौको सिटिसि मल सुन्धाराको दोस्रो तल्लामा वुधवार व्यवसायी मिनबहादुर गुरुङ, रोवोर्ट तथा कम्पनीका साउथ एशिया डिरेक्टर स्टेभन टिएनले संयुक्त रुपमा सोरुमको उद्घाटन गरे ।

सोरुममा यूएनभि कम्पनीका नयाँ प्रविधिमा आधारित सर्भिलेन्स सिस्टम ,अटोमेटिक डोरलक सिस्टम, फेस रिकगनाईजेसनमा आधारित एटेन्डस सिस्टम (ई–हाजिरी), भिडियो ईन्टरकम सिस्टम, ६५ ईन्च, ७५ ईन्च, ८६ ईन्च र ९८ ईन्चका स्मार्ट ईन्ट्रयाक्टिभ बोर्ड लगाएतका डिजिटल सेक्युरीटिका सबै प्रोडक्ट र सर्भिसहरु उपलब्ध हुने यूएनभि स्टोर प्रालीका डिरेक्टर हरिराम रिमालले बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी, निकट भविष्यमा नै नेपालमा अत्याधुनिक रुचाईएको ईभी कारको चार्जिङ स्टेशनहरुमा सहकार्यको लागी छलफल भईरहेको पनि रिमालले बताए ।

कार्यक्रमका प्रमुख अतिथी भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले आफूहरुले यो टिमसँग विगत १६ वर्षयता डिजिटल सोलुसन लिईरहेको र भविष्यमा अझ नयाँ टेक्नोलोजीहरुमा सहकार्य गर्न ईच्छुक रहेको बताए । त्यसैगरी युएनभी कम्पनीका साउथ एशिया डिरेक्टर स्टेभन टिएनले साउथ एशियामै नेपालीहरु व्यवसायिक रुपमा ईमान्दार र मेहनती रहेको र आफूहरु नेपालमै टेक्नोलोजीको क्षेत्रमा लगानी बढाउन ईच्छुक रहेको बताए । यूएनभी स्टोरका संस्थापकद्धय हरिराम रिमाल र बद्रिप्रसाद रिमालले उमेरले युवा भएपनि आफूहरुले ५ वर्ष सहकार्य गर्दा व्यवसायिक रुपमा परिपक्व पाएको बताए ।

उक्त अवसरमा स्टोरले ओपनिङ डिस्काउण्टको रुपमा प्रायः सबै प्रडक्टहरुमा २० प्रतिशत डिस्काउन्ट उपलब्ध गराएको र अर्को सुचना नआएसम्म डिस्काउन्ट कायम रहने डिरेक्टर रिमालले बताए । स्टोरको उद्घाटन सत्रमा ४ सय भन्दा धेरै सहभागीहरुले स्टोरको अवलोकन गरेको र देशभर १५० भन्दा धेरै डिलरहरुले काम गरिरहेकोले देशैभर यूएनभिका उत्पादनहरु उपलब्ध रहेको र स्मार्ट स्टोरहरुलाई विस्तार गर्दै जाने यू एन भि नेपालका सेल्स हेड सार्दक अधिकारीले बताए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.