सोमबार, असार २,२०८२ 06:52:07
  • सोमबार, असार २,२०८२ 06:52:07
Global IME Bank Limited

रावा इनर्जी रु.४६.५४ लाख घाटामा,ईपीएस पनि ऋणात्मक

Hyundai Nepal
रावा इनर्जी रु.४६.५४ लाख घाटामा,ईपीएस पनि ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४६ लाख ५४ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २२.९५ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्म विद्युत बिक्रीबाट १ करोड ३९ लाख रुपैयाँ कमाएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले समीक्षा अवधिसम्म कर्मचारीका लागि १७ लाख ७३ हजार रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा २२.७० प्रतिशतले धेरै हो । अघिल्लो आवसम्म ३७ लाख ६८ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च घटेर १६ लाख २१ हजार रुपैयाँमा सीमित बनेको छ ।  

यस्तै कम्पनीको सञ्चालन मुनाफा भने बढेको छ । कम्पनीको सञ्चालन मुनाफा ३७९.९८ प्रतिशतले बढ्दै ५५ लाख ६६ हजार पुगेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४५ करोड ४ लाख दीर्घकालिन कर्जा र २४ लाख रुपैयाँ अल्पकालिन कर्जा लिएको छ । कम्पनीको सञ्चित मुनाफा ७ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.६६ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४२.२१ रुपैयाँ कायम भएको  छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.