सोमबार, असार २,२०८२ 08:54:24
  • सोमबार, असार २,२०८२ 08:54:24
Global IME Bank Limited

जीवन विकास लघुवित्त नाफा र आम्दानी दुवै बढाउन सफल, ईपीएस ४३.२१ रुपैयाँ पुग्यो

Hyundai Nepal
जीवन विकास लघुवित्त नाफा र आम्दानी दुवै बढाउन सफल, ईपीएस ४३.२१ रुपैयाँ पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड नाफा र आम्दानी दुवै बढाउन सफल भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ५८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४३.६७ प्रतिशतले धेरै हो । गत आवको चौथो त्रैमाससम्म संस्थाले ४० करोड ५२ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  

नाफासँगै संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । समीक्षा अवधिसम्म संस्थाले १ अर्ब ६७ करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन  अघिल्लो आवको तुलनामा ११.९१ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै संस्थाले ३० करोड ८१ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिमा संस्थाको खुद सञ्चालन आम्दानी भने १६.८२ प्रतिशतले बढेको छ । संस्थाले चौथो त्रैमाससम्म १ अर्ब ७७ करोड रुपैयाँबराबरको खुद सञ्चालन आम्दानी गरेको छ । संस्थाको सञ्चालन मुनाफा ८३ करोड १७ लाख रुपैयाँबराबर रहेको छ ।  

संस्थाले कर्मचारीका लागि ७२ करोड २३ लाख र अन्य सञ्चालनका लागि १९ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ ।  

समीक्षा  अवधिसम्म संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेको छ । रिटेन्ड अर्निङ ६८ करोड २९ लाख रुपैयाँबाट बढेर ८६ करोड ८२ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि १ अर्ब २५ करोड रुपैयाँबाट बढेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।  

संस्थाको चुक्तापूँजी १ अर्ब ३४ करोड र वितरणयोग्य मुनाफा ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म १० अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले २६ अर्ब २१ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

इम्पेयरमेन्ट चार्जका लागि ३७ करोड ९१ लाख रुपैयाँ छुट्टाएको संस्थाको खराब कर्जा अनुपात बढेको छ । खराब कर्जा अनुपात २.३९ प्रतिशतबाट बढेर ४.६६ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ४३.२१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७१.०३ रुपैयाँ, प्रतिसेयर  कुल सम्पत्तिको मूल्य २ हजार १७९.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात ३३.९१ गुणा र तरलता अनुपात ७.८३ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.