सोमबार, असार २,२०८२ 02:29:04
  • सोमबार, असार २,२०८२ 02:29:04
Global IME Bank Limited

मर्जरमा गएका ६ निर्जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?

Hyundai Nepal
मर्जरमा गएका ६ निर्जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?
Nabil Bank Limited

काठमाण्डौ । मर्जरमा गएका ६ निर्जीवन बीमा कम्पनीको व्यवसायमा ग्रोथ देखिएको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्तापुँजी बृद्धिका लागि फोर्स मर्जर नीति ल्याएसँगै निर्जीवनतर्फ साविकका १२ वटा कम्पनी मर्ज भई ६ कम्पनी बनेका छन् ।  

एकआपसमा गाभिएसँगै उक्त कम्पनीहरुमा मर्जरको सिनर्जी देखिन थालेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा मर्जरमा सामेल भएका उक्त कम्पनीहरुले व्यवसायसँगै नाफा समेत उल्लेख्य बढाउन सफल भएका छन् । सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी (सलिको), हिमालयन एभरेष्ट, आइजीआई प्रुडेन्सियल, सानिमा जिआइसी र युनाइटेड अजोडले आम्दानी, व्यवसाय, मुनाफा जस्ता मुख्य सूचकहरुमा उल्लेख्य प्रगति गरेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर उक्त कम्पनीहरुको व्यवसाय र नाफा जस्ता सूचकहरुमा सुधार देखिएपनि बीमा कोषको आकार भने अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको देखिएको छ । सानिमा जिआइसी बाहेक सबै कम्पनीको बीमा कोषको आकार घटेको देखिन्छ ।  

बीमा कम्पनीहरुले आर्जन गरेको बीमाशुल्कबाट व्यवस्था, दाबी लगायतका खर्च घटाएर बचेको रकम जीवन बीमा कोषमा जम्मा गर्ने गर्दछ । कम्पनीहरुले बीमितहरुलाई भुक्तानी गर्नुपर्ने रकम गणना गरी बीमा कोषमा रकम जम्मा गर्दछन् । तर गत आर्थिक वर्षमा मर्ज भएका निर्जीवन बीमा कम्पनीहरुले यस्तो कोषमा सञ्चित गर्ने रकम घटाएका छन् ।  

बीमा कोषको आकार घटेपनि निर्जीवन बीमकहरुले महाविपत्ती कोष र रिटेन्ड अर्निङ कोषको आकार बढाएका छन् । कम्पनीहरुले बीमा कोषको आकार घटाएपनि व्यवसाय, आम्दानी, नाफा, दाबी भुक्तानी, ईपीएस, नेटवर्थ जस्ता मुख्य सूचकहरुमा भने प्रगति गरेका छन् । गत आवको अन्तिमसम्मको तथ्याङ्कअनुसार मर्जरमा सामेल भएका निर्जीवन बीमा कम्पनीहरुमध्ये कुन सूचकमा कुन अब्बल देखिएको छ भनि तुलनात्मक अध्ययन गरिएको छ ।  

बीमा कोषको आधारमा  

बीमा कोषका आधारमा गत आर्थिक वर्षमा सबैभन्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्स अब्बल देखिएको छ । कम्पनीले गत आवमा यस्तो कोषमा ६ अर्ब ९० करोड रुपैयाँ सञ्चित गरेको छ । तर बृद्धिदरका आधारमा भने सानिमा जिआइसी अगाडी रहेको छ । कम्पनीले १३.१० प्रतिशतले यस्तो कोषको आकार बढाएको छ ।  

महाविपत्ती कोषको आधारमा  

गत आवमा यस्तो कोषमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रकम सञ्चित गरेको छ । कम्पनीले १९ करोड ४५ लाख रुपैयाँ महाविपत्ति कोषमा सञ्चित गर्न सफल भएको छ । तर अघिल्लो आवको तुलनामा गत आवमा महाविपत्ती कोषको रकम बढाउन सिद्धार्थ प्रिमियर अब्बल देखिएको छ । कम्पनीले ३७.४२ प्रतिशतले यस्तो कोषको आकार बढाएको छ ।  

रिटेन्ड अर्निङ

गत आवमा रिटेन्ड अर्निङ कोषका लागि सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । तर बृद्धिदरका आधारमा भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स अगाडी देखिएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा १२७१५.५८ प्रतिशतले रिटेन्ड अर्निङ रकम बढाएको छ ।  

बीमा शुल्क आर्जनको आधारमा  

गत आवमा बीमा शुल्क आर्जनको आधारमा पनि सिद्धार्थ प्रिमियर नै अब्बल देखिएको छ । कम्पनीले गत आवमा १ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तर व्यवसाय बृद्धिदरमा भने आइजीआई प्रुडेन्सियल अगाडी छ । कम्पनीले ९०.५६ प्रतिशतले बीमाशुल्क आर्जन बढाएको छ ।  

कुल आम्दानीको आधारमा  

कुल आम्दानीको आधारमा पनि सिद्धार्थ प्रिमियर नै अगाडी छ । कम्पनीले गत आवमा ३ अर्ब ५ करोड रुपैयाँ आम्दानी गरेको छ । तर बृद्धिदरको आधारमा भने आइजीआई प्रुडेन्सियल अब्बल देखिएको छ । कम्पनीले अघिल्लो आवको तुलनामा गत आवमा ८९.६३ प्रतिशतले आम्दानी बढाएको छ ।  

दाबी भुक्तानीको आधारमा  

दाबी भुक्तानीमा भने सगरमाथा लुम्बिनी इन्स्योरेन्स अगाडी छ । कम्पनीले गत आवमा १ अर्ब २५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा दाबी भुक्तानी बढाउनेमा भने आइजीआई प्रुडेन्सियल अगाडी छ । कम्पनीले ६४.१२ प्रतिशतले दाबी भुक्तानी बढाएको छ ।  

खुद नाफाको आधारमा  

गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले ६९ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा बृदिदरमा भने आइजीआई प्रुडेन्सियल अगाडी छ । कम्पनीले १५६.६७ प्रतिशतले नाफा बढाएको छ ।  

ईपीएसको आधारमा  

गत आवको चौथो त्रैमाससम्मको तथ्याङ्कअनुसार सबैभन्दा धेरे ईपीएस हिमालयन एभरेष्ट इन्स्योरेन्सको छ । कम्पनीको प्रतिसेयर आम्दानी २६.७२ रुपैयाँ छ ।  

नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु)को आधारमा सिद्धार्थ प्रिमियर अगाडी छ । कम्पनीको बुकभ्यालु २७३.५० रुपैयाँ छ । बुकभ्यालु सूचकले कम्पनीको दायित्वको अवस्था देखाउने हुँदा सेयरबजारमा लगानी गर्ने लगानीकर्ताले यस्तो सूचक बुझ्न आवश्यक हुन्छ ।  

पीइ रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात ९पीइ रेसियो०पनि लगानीकर्ताहरुको लागि जान्नैपर्ने महत्वपूर्ण सूचक हो । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँ बराबर आम्दानीको लागि लगानीकर्ताले कति तिर्न तयार हुन्छ भन्ने कुरालाई देखाउँछ । पीई रेसियो २० देखि २५ गुणासम्म अनुपात भएमा राम्रो मानिन्छ । गत आवको तथ्याङ्कअनुसार सबैभन्दा थोरै पीई रेसियो २३.६५ गुणा छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.