मंगलवार, श्रावण १९,२०८३ 01:22:18
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:22:18
Bizshala
Global IME Bank Limited

६ वर्षकै ठूलो आईपीओ ल्याउने तयारीमा जापान सरकार, ४.७ अर्ब डलर उठाउने लक्ष्य

६ वर्षकै ठूलो आईपीओ ल्याउने तयारीमा जापान सरकार, ४.७ अर्ब डलर उठाउने लक्ष्य
New Office

काठमाण्डौ । जापान सरकारले विगत ६ वर्षकै ठूलो आईपीओ निष्कासन गर्ने भएको छ । जापानको केन्द्रीय सरकार र टोकियो सरकारले टोकियो मेट्रोका लागि संयुक्त रुपमा ४.७ अर्ब डलर(७०० अर्ब येन)बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।  

यो आईपीओ ६ वर्षको अन्तरालतमा निष्कासन भएको हालसम्मकै ठूलो आईपीओ हुनेछ । टोकियो मेट्रोमा शतप्रतिशत स्वामित्व भएका केन्द्रीय सरकार र टोकियो सरकारले आईपीओको विषयमा ब्रोक्रेजह्रसँग एक साताभित्र बैठक आयोजना गर्ने र सेप्टेम्बरको मध्यसम्म टोकियो स्टक एक्सचेञ्जमा सूचीकरण गर्ने तयारी गरेका छन् ।  

कम्पनीको आधि स्वामित्व बिक्री हुने क्रममा भ्यालुएसन गर्दा ३५० अर्ब येनबराबर रकम उठ्ने जनाइएको छ । जसको आकार गत वर्ष आईपीओ निष्कासन गरेको कोसुकार्य इलेक्ट्रिकको भन्दा ठूलो हुनेछ । यो आईपीओ सफ्ट बैंक ग्रुपले सन् २०१८ मा निष्कासन गरेको आईपीओ भन्दा दोस्रो ठूलो हुनेछ ।  

टोकियो सरकारले आईपीओ बिक्री गर्ने समयतालिकाको विषयमा केन्द्र सरकारसँग छलफल भईरहेको र यसको निर्णय नभईसकेको जनाएको छ । जापानमा यसअघि सन् २०१६ मा कायुसु रेलवे सेयर बजारमा सूचीकृत भएको थियो ।  

टोकियो मेट्रो १९० किलोमिटर दुरीमा कुद्ने गर्छ र यसले दैनिक ६५ लाख यात्रु बोक्ने गर्छ । टोकियो मेट्रो सन् १९२० मा स्थापना भएको थियो ।  

टोकियो मेट्रोमा केन्द्रीय सरकारको ५३.४ प्रतिशत र टोकियो सरकारको ४६.६ प्रतिशत स्वामित्व रहेको छ । आईपीओबाट प्राप्त रकम सन् २०११ मा आएको भूकम्प तथा सुनामीका बेला जारी गरिएको बोन्डको पुनर्संरचनाका लागि उपयोग गरिनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.