सोमबार, बैशाख ८,२०८२ 05:59:10
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 05:59:10
IME remit
Global IME Bank Limited

शहर डुबेपछि जंगलमा सारिँदै राजधानी !

Hyundai Nepal
शहर डुबेपछि जंगलमा सारिँदै राजधानी !
Nabil Bank Limited

काठमाण्डौ। इन्डोनेशियाको राजधानी जकार्ता संसारको तीव्र गतिमा डुबिरहेको शहर हो। सरकारले यो समस्याबाट मुक्ति पाउनका लागि जङ्गलको बीचमा देशको राजधानी सार्ने महत्त्वाकाङ्क्षी काम सुरु गरेको छ।

जङ्गलले भरिएको बोर्नियो टापुमा नयाँ प्रशासनिक राजधानी बनाइएको छ। यस्तो नमुना सहर बनाउने भनिएको छ जुन शायद संसारले कहिल्यै देखेको छैन। आफ्नो पदावधि सकिन लागेका वर्तमान राष्ट्रपति जोको विडोडोको कार्यकालकै यो सबैभन्दा ठूलो परियोजना हो। 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

सन् २०१९ मा घोषणा भएको यो परियोजनाको कार्यान्वयन सन् २०२२को मध्यबाट सुरु भइसकेको छ। अब छिट्टै नै यो ठाउँ नयाँ बासिन्दाहरूलाई स्वागत गर्न तयार हुँदैछ। केही सातामै इन्डोनेशियाले यो ठाउँमा मानिसहरूको बस्ती सार्न सुरु गर्दैछ।

“नुसान्तारा राजधानी यस्तो क्यानभास हो यहाँ भविष्यको चित्र कोरिएको छ। सबै देशहरूसँग केही नभएको ठाउँमा राजधानी बनाउने सामर्थ्य र मौका हुँदैन,” राष्ट्रपति विडोडोले नयाँ सहरमा राखिएको पहिलो मन्त्रिपरिषद् बैठकमा भने।

सन् १६०० को शताब्दीमा डचहरूको उपनिवेश रहेकै समयबाट राजधानी रहेको जकार्तामा अहिले निकै भिडभाड छ। 

यो विश्वकै सबैभन्दा धेरै प्रदूषण खेपिरहेको सहरसँगै तीव्र गतिमा भासिइरहेको सहर पनि हो। यो सहरमा एक करोड मानिसहरू बस्ने ४० प्रतिशत भूभाग समुद्र सतहभन्दा गहिरो भइसकेको छ।

नुसान्तारालाई उच्च प्रविधियुक्त हरियाली सहरको रूपमा परिकल्पना गरिएको छ। यहाँ बनाइएका पूर्वाधारहरू आधुनिक सहर अनुसारका छन्। 

यो सहरको ६० प्रतिशतभन्दा धेरै ठाउँ हरित क्षेत्रको रूपमा छुट्ट्याइएको छ। जुन ठाउँ अमेरिकाको न्यू योर्क सहर भन्दा दुई गुणा ठूलो हो। यहाँ पैदल हिँड्ने बाटोहरू र साइकल ट्र्याकहरूको पनि योजना गरिएको छ।

इन्डोनेशियाको नयाँ राजधानीको अधिकांश भाग अहिले निर्माणाधीन छ। हालै उक्त क्षेत्रमा हजारको सङ्ख्यामा कामदारहरू निरन्तर काम गरिरहेका छन्। 

राजधानी सार्ने परियोजना पाँच चरणमा योजना गरिएको छ। पहिलो चरणको काम अगस्टभित्र सक्ने लक्ष्य छ। 

अगस्टमै इन्डोनेशियाले आफ्नो स्वतन्त्रता दिवस पनि मनायो। तर काम समयमै नसकिएका कारण नयाँ राजधानीको उद्घाटन यो वर्षको अन्त्यसम्मका लागि सारिएको छ। -एजेन्सी

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.