सोमबार, असार २,२०८२ 09:50:07
  • सोमबार, असार २,२०८२ 09:50:07
Global IME Bank Limited

बजारमा १.४५% ले घट्यो नगद परिचालन, सरकारी कोष भने बढ्यो

Hyundai Nepal
बजारमा १.४५% ले घट्यो नगद परिचालन, सरकारी कोष भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन १.४५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनाको मासिक विवरणमा यस्तो देखिएको हो ।  

विवरण अनुसार साउन महिनासम्ममा बजारमा ६ खर्ब ७० अर्ब २० करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । गत असार महिनासम्ममा भने बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साउन महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । जुन असार महिनाको तुलनामा ७.८७ प्रतिशतले कम हो । असार महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ९० अर्ब रुपैयाँ थियो ।  

यस्तै राष्ट्र बैंकमा सरकारको निक्षेप भने बढेको छ । असार महिनासम्म ६३ अर्ब ९५ करोड रुपैयाँ सरकारी निक्षेप रहेकोमा साउनसम्म बढेर १ खर्ब ६६ अर्ब पुगेको छ ।  

साउन महिनासम्म राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ७५ करोड रुपैयाँबराबरको विदेशी मुद्रा निक्षेप गरेका छन् । जुन असार महिनाको तुलनामा ३९.७७ प्रतिशतले कम हो ।  

साउन महिनासम्ममा राष्ट्र बैंकको कुल स्वेदेशी मुद्रा सम्पत्ति ९२ अर्ब ७२ करोड रुपैयाँबराबर र कुल स्वदेशी दायित्व १४ खर्ब ५३ अर्ब रुपैयाँबराबर रहेको छ ।  

यस्तै कुल विदेशी मुद्रा सम्पत्ति २० खर्ब १ अर्ब र कुल विदेशी मुद्रा दायित्व ४६ अर्ब ९७ करोड रुपैयाँबरारब रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.