बुधबार, फाल्गुन ६,२०८२ 12:35:45
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 12:35:45
Bizshala
Global IME Bank Limited

अहिले अर्थतन्त्रका सूचकबारे धैरै चर्चा गरिरहनु पर्दैन- अर्थमन्त्री पौडेल

अहिले अर्थतन्त्रका सूचकबारे धैरै चर्चा गरिरहनु पर्दैन- अर्थमन्त्री पौडेल
Shivam Cement

काठमाण्डौ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले अर्थतन्त्रका सूचकहरूका बारेमा धेरै चर्चा गरिरहन नपर्ने बताएका छन्।  नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको सुदृढ अर्थतन्त्र निर्माणको आधार सबल निजी क्षेत्र बलियो पूर्वाधार’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अर्थतन्त्रको सूचक सेयर बजार नै भएको भन्दै यसलाई अहिले आम नागरिकले दैनिक रुपमा बिहानदेखि साँझ सुत्ने बेलासम्म अर्थतन्त्र कस्तो लयमा पुगेको छ भनी आफैँ मूल्याङ्कन गरिरहेका बताए। सेयर बजारमा भइरहेको वृद्धिप्रति सरकार निकै सकारात्मक रहेको उनको भनाइ छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उनले सरकारको एक महिनाको अवधिमा सकारात्मक उपलब्धि देखा परेको बताए। उनले राजस्व संकलनमा केही सकारात्मक संकेत देखिएको बताए। सरकारले प्रभावकारी प्रयास गर्न बाँकी नै रहँदा पनि सकारात्मक संकेत देखिएको उनको भनाइ छ।

गत वर्षको तुलनामा यस आर्थिक वर्षको साउनमा राजस्व २० प्रतिशतले बढेको र पुँजीगत खर्च नौ गुणाले बढेको उनको दाबी छ।

घरजग्गाको कारोबार सुधार भइरहेको र सेयर बजारमा उत्साहित देखिएको उनले बताए। यस्तै, पछिल्लो समयमा बजारमा सेयर लगानीकर्ताहरूको पनि बाक्लो उपस्थिति देखिएको उनले सुनाए।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.