मंगलवार, भाद्र ३०,२०८३ 10:35:08
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 10:35:08
Bizshala
Global IME Bank Limited

कृषि विकास बैंकद्वारा धनगढी उपमहानगरपालिकालाई ५ लाख आर्थिक सहयोग

कृषि विकास बैंकद्वारा धनगढी उपमहानगरपालिकालाई ५ लाख आर्थिक सहयोग
New Office

काठमाण्डौ। कृषि विकास बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई शनिबार एक कार्यक्रमको आयोजना गरी रु ५ लाख बराबरको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ।

सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत झण्डै एक सय जति विपन्न बालबालिकाहरुलाई स्कुल ब्याग लगायतका विविध शैक्षिक सामग्रीहरु खरिद गरिनेछ।

Shivam Cement
Bizshala
CG Motors

कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले सो सहयोग रकमको चेक धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका थिए।

आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका तर्फबाट उपमहाप्रबन्धकद्वय यज्ञ प्रकाश न्यौपाने र प्रेम कुमार श्रेष्ठ, वित्त तथा योजना विभागका विभागिय प्रमुख नारायण प्रसाद आचार्य, सुदूरपश्चिम प्रदेश कार्यालयकातर्फबाट निर्देशक प्रदिप राज जोशी एवम् शाखा प्रमुख दीर्घ बहादुर शाह, धनगढी शाखाका प्रबन्धक मुकेश केसी लगायतका अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले व्यावसायिक गतिविधि सँगसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा संस्कृतिक संरक्षण सम्बन्धी परोपकारी कार्य गर्दै आईरहेको र आगामी दिनमा सम्पूर्ण बैकिङ्ग सुविधा सहितको घर आँगनको बैंकको रुपमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै साझा सम्वृद्धिका लागि सबैको रोजाईको बैंक बन्ने प्रतिवद्धता समेत व्यक्त गरे। 

कार्यक्रममा मेयर गोपाल हमालले कृषि विकास बैंकलाई यस सामाजिक सहयोगको निम्ति धन्यवाद व्यक्त गरेका थिए ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.