सोमबार, मंसिर ८,२०८२ 09:06:25
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 09:06:25
IME remit
Global IME Bank Limited

अघिल्लो आवसम्म घाटामा रहेको रिभर फल्स ६.१६ करोड नाफा कमाउन सफल, यस्तो छ समग्र वित्तीय अवस्था

Hyundai Nepal
अघिल्लो आवसम्म घाटामा रहेको रिभर फल्स ६.१६ करोड नाफा कमाउन सफल, यस्तो छ समग्र वित्तीय अवस्था
Shivam Cement

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ६ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिसम्म भने कम्पनी १ करोड ७ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले विद्युत बिक्रीमातर्फत १८ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले यो अवधिसम्म १४ करोड ६५ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

CG Motors
New Office
Garima Development Bank

यो अवधिसम्म कम्पनीको प्रशासनिक तथा सञ्चालन खर्च १ करोड ५६ लाख,वित्तीय खर्च १८ करोड ४४ लाख,ह्रासकट्टी खर्च ५ करोड ४३ लाख र प्रत्यक्ष खर्च १ करोड २९ लाख रुपैयाँ रहेको छ ।  

अघिल्लो आवको चौथो त्रैमाससम्म ६ करोड १५ लाख रुपैयाँले घाटामा रहेको कम्पनीको रिजर्भको आकार भने ९ लाख ९४ हजार रुपैयाँले धनात्मक अवस्थामा पुगेको छ । ७० करोड रुपैयाँ                चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १४ करोड ५ लाख रुपैयाँ र कुल चालु दायित्व २६ करोड ८५ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.८२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १००.१४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३७४.३१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.८७ गुणा र तरलता अनुपात ०.५२ प्रतिशत कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.