काठमाण्डौ । एमएडब्लु ग्रुपले नाडा अटो शो २०२४ मा १ हजार भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनका लागि बुकिङ प्राप्त गरेको छ । यस वर्षको नाडा अटो शोमा, एमएडब्लु ग्रुपले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइन अप प्रदर्शनमा राखेको थियो । एडब्लुले राखेको हरेक स्टलमा दर्शकहरुको सहभागिता, बाक्लो रहेको थियो।
एमएडब्लु समूहका निर्देशक विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता र उत्साह व्यक्त गरे। उनले भने, ‘नाडा अटो शोमा हाम्रो गाडीहरुप्रति ग्राहकहरुले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं। हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षाहरूलाई पुरा गरेको छ। यो उपलब्धि हाम्रो टोलीको कडा परिश्रम र समर्पणका साथै हाम्रा मूल्यवान ग्राहकहरूको विश्वास र समर्थनको प्रमाण हो।’
एमएडब्लु–वृद्धी समूहका प्रबन्ध निर्देशक विवेक सिकरियाले पनि एमएडब्लु–वृद्धिले प्रतिनिधित्व गर्ने ब्रान्डहरूमा ग्राहकहरूको विश्वासको लागि कृतज्ञता व्यक्त गरे।