• बिहीबार, भाद्र २६,२०८२ 12:59:24
Global IME Bank Limited

बीमा प्राधिकरणमा उजुरीको चाङ, अझै २८७ वटा मुद्दाको फैसला हुन बाँकी

Hyundai Nepal
बीमा प्राधिकरणमा उजुरीको चाङ, अझै २८७ वटा मुद्दाको फैसला हुन बाँकी

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणमा उजुरीको चाङ थुप्रिएको छ । दाबी भुक्तानी लगायत विभिन्न कारणले प्राधिकरणमा परेका उजुरीमध्ये  करिब ३ सयवटा मुद्दाको फैसला हुन बाँकी रहेको देखिएको छ ।  

प्राधिकरणको तथ्याङ्कअनुसार आव २०७९/८० देखि परेको ४३७ वटा मुद्दामा २८७ वटा मुद्दाको फर्छ्यौट हुन बाँकी रहेको हो । प्राधिकरणका अनुसार गत आवमा १०१ वटा मुद्दाहरुमा फैसला र ४९ वटा मुद्दामा भने सहमति गराएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आव २०७९/८० मा फर्छ्यौट हुन बाँकी रहेका १९२ वटा मुद्दा, गत आवमा २४४ वटा नयाँ उजुरी र पुनरावेदनबाट आएको १ वटा गरी कुल ४३७ वटा मुद्दा रहेकोमा प्राधिकरणले १५० वटा मुद्दाको मात्रै फैसला तथा सहमति गराएको छ ।  

प्राधिकरणले आव २०७९/८० मा १४९ वटा मुद्दा फर्छ्यौट गरेको थियो भने आव २०७८/७९ मा १५२ वटा, आव २०७७/०७८ मा ९३ वटा मुद्दा फर्छ्यौट गरेको थियो ।  

प्राधिकरणका अनुसार १८६ वटा मुद्दा सरेर आएको र १५५ वटा नयाँ पर्दा कुल ३४१ वटा मुद्दा थियो । त्यसमध्ये १४९ वटा मुद्दाको फैसला तथा सहमति भई फर्छ्यौट हुन बाँकी १९२ वटा मुद्दा गत आर्थिक वर्षमा सरेर आएको थियो ।

फैसला हुन बाँकी रहेका उजुरीअनुसार सम्बन्धित बीमा कम्पनी, बीमित र सेयरधनीहरुलाई कार्यालयमा बोलाएर छलफल गरी विवादलाई समझदारीमा टुंग्याउन प्रयास गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणको प्रत्येक बोर्ड बैठकमा पर्न आएका उजुरीहरुमा छलफल गरी मुद्दा फैसला गराउने अर्थात् दुईपक्षबीचको विवादलाई सहमतिमा टुंग्याउने प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बताए ।  

प्राधिकरणमा बीमित, कर्मचारी तथा सेयरधनीहरुले विभिन्न विषयमा उजुरी दिएका हुन्छन् । विशेषगरी जीवन बीमा भन्दा निर्जीवन बीमा कम्पनीहरुविरुद्ध बीमितहरुले उजुरी दिने गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुविरुद्ध दाबी भुक्तानीको विषयमा धेरै उजुरी पर्ने गरेको छ ।  

हरेक आर्थिक वर्षमा उपभोक्ताले गरेको बीमा पोलिसीको दाबी भुक्तानी नतिरेको बीमा कम्पनीहरुमाथिको उजुरी र मुद्दाको चाङ लाग्ने गर्दछ । बीमा कम्पनीले दिने सेवा तथा सुविधामा चित्त नबुझेमा बीमित अथवा सेवाग्राहीले सीधै बीमा प्राधिकरणमा उजुरी गर्न सक्ने व्यवस्था छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.