काठमाण्डौ । चालु आवको पहिलो महिनामा करिब ४० करोडको सारी आयात भएको छ । केन्द्रीय भन्सार विभागका अन्ुसार चालु आर्थिक वर्ष २०८१÷८२ को साउन महिनामा ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँबराबरको सारी आयात भएको हो ।
यो एक महिनाको अवधिमा ९ लाख २४ हजार ९५४ थान सारी आयात भएको विभागले जनाएको छ ।
यसैगरी साउनमा ४२ लाख ४४ हजार रुपैयाँको १२ हजार २९६ थान पेटिकोट र ३ करोड १६ लाख ५२ हजार रुपैयाँको १ लाख ३१ हजार ५४८ थान ब्लाउज आयात समेत आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
नेपालमा चीन, भारत, जापान, अस्ट्रेलिया, युएई, कतार लगायतका देशहरूबाट सारी, ब्लाउज र पेटीकोट आयात भएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।