मंगलवार, असार १७,२०८२ 01:03:19
  • मंगलवार, असार १७,२०८२ 01:03:19
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सको ६६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
नेपाल इन्स्योरेन्सको ६६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको सेयर लिलामीमा राखिएको छ । कम्पनीको ६६ हजार ५६६ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।  

संस्थापक समूहको सेयर सोही समूहमा नै रहने गरी लिलाम बढाबढद्वारा बिक्री गर्न कम्पनीको सञ्चालक समितिको निर्णयबाट स्वीकृति प्राप्त भए बमोजिम उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनी वा जो कोही योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

CG Motors
Muktinath Bikas Bank Limited

लगानीकर्ताले असोज २ गते अपरान्ह ३ बजेभित्र काठमाण्डौको लाजिम्पाटमा रहेको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा खरिद गर्ने हो उल्लेख गरी आवेदन पेश गर्नु पर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।  

बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलबाट १०० रुपैयाँ नगद भुक्तानी गरी प्राप्त गर्न सकिनेछ । एकै व्यक्ति वा कम्पनीले सेयर खरीदका लागि एउटा मात्र बोलपत्र मार्फत आवेदन दिनुपर्नेछ ।  

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.