नेपाल इन्स्योरेन्सले करिब २ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब २ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म १०ः३.४७८३ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको १ लाख ९७ हजार ४२.७६ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले यही भदौ २७ गतेदेखि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ...