काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा १०१.१३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३० करोड ५४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ४९ करोड १३ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १ं४८ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा ४९ करोड ८७ रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य आम्दानी १ करोड ५९ लाख र लगानी तथा कर्जा आम्दानी ७९ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको कुल आम्दानी १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ६४.९९ प्रतिशतले बढी हो । तेस्रो त्रैमाससम्म कम्पनीको १६ करोड ९० लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २१.६० प्रतिशतले बढी हो ।
समीक्षा अवधिसम्म कम्पनीले ५३ करोड १७ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषमा ९ करोड ४८ लाख र रिटेन्ड अर्निङको रपमा २७ करोड ४५ लाख रुपैयाँ सञ्चित गरेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) उल्लेख्य बढेको छ । कम्पनीको ईपीएस २७.२५ रुपैयाँबाट बढेर ४९.८२ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २३०.३३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६३.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.७४ गुणा कायम भएको छ ।