मंगलवार, आश्विन १३,२०८३ 08:37:06
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:37:06
Bizshala
Global IME Bank Limited

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना हुने

Bizshala
नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना हुने
New Office

काठमाण्डौ । नेपालको बीमा क्षेत्रमा गौरवशाली ईतिहास बोकेको यस नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ७९औं वर्ष पूरा गरी ८० वर्षमा प्रवेश गरेको अवसरमा दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । 

कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आगामी २०८३ साल असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। उक्त प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीहरूका कर्मचारीहरूको सहभागिता रहनेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

“Protecting Every Risk, Celebrating Every Goal” भन्ने नाराका साथ आयोजना हुन लागेको यसप्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जनसँगै बीमा क्षेत्रसँग सम्बन्धित कर्मचारीहरूबीच आपसी समन्वय, सद्भाव, आत्मविश्वास तथा स्वस्थ जीवनशैलीसम्बन्धी चेतनाको विकास गर्नु रहेको कम्पनीले जनाएको छ।

 प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने टोलीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

यस प्रतियोगिताको पहिलो संस्करणमा बीमा क्षेत्रका विभिन्न संस्थाहरूबाट उत्साहजनक सहभागिता रहेको थियो। सोही उत्साहलाई निरन्तरता दिँदै यस वर्ष पनि नेपाल बीमा प्राधिकरणलगायत सम्पूर्ण जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीहरूको उत्साहपूर्ण सहभागिता रहने कम्पनीले अपेक्षा गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.